पूर्वमुख्यमन्त्री कार्की पुनः अनशनमा


काठमाडौं ।

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले फेरि अनशन सुरु गरेका छन् । निषेधित क्षेत्रमा अनशन बसेको भन्दै केही समयअघि उनलाई प्रहरी नियन्त्रण लिएको थियो ।

प्रहरीले उनलाई गाडीमा टन्कीसिन्वारीको घरसम्म छाडेर फर्किएको थियो । लगत्तै उनी निजी गाडी चढेर अनशन बस्न विराटनगर आएका थिए । उनी अहिले विराटनगरको देवकोटा चोकमा अनशन बसेका छन् ।