विश्वमा हरेक वर्ष ७ लाख व्यक्तिले आत्महत्याको कारण ज्यान गुमाउँछन्

658
Shares

काठमाडौँ

प्रत्येक वर्ष सेप्टेम्बर १० का दिन विश्वभर आत्महत्या रोकथाम विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गरी मनाउँदै आइएको छ । यसको सुरुवात सन् २००३ मा आत्महत्या रोकथामका लागि (अन्तर्राष्ट्रिय संगठन इन्टरनेशनल एसोसिएसन फर सोसाईड प्रिभेन्सन) ले विश्व स्वास्थ्य संगठनसँगको सहकार्यमा सुरुवात गरेको थियो ।

यस दिवसको मुख्य उद्देश्य आत्महत्या रोकथामका लागि सचेतना अभिवृद्धि, यससँग सम्बन्धित लाञ्छना न्यूनीकरण र विश्वव्यापी रूपमा आत्महत्या रोकथामका लागि भएका कार्यहरूलाई प्रोत्साहन गर्न रहेको छ । नेपालमा पनि हरेक वर्ष आत्महत्या रोकथाम दिवस मनाउँदै आइएको छ । यस वर्ष “आत्महत्या बारे संवाद सुरु गरौँ; दृष्टिकोण बदलौँ” भन्ने नारा सहित विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइँदै छ ।

विश्वमा मृत्युको २० प्रमुख कारणहरू मध्ये आत्महत्या पनि एक मुख्य कारण हो । विश्वमा हरेक वर्ष करिब ७ लाख व्यक्तिहरूले आत्महत्याको कारणले ज्यान गुमाउने गरेका छन् । हरेक ४० सेकेन्डमा १ जनाले आत्महत्याको कारणले मृत्यु हुने गरेको छ । प्रत्येक आत्महत्याबाट आत्महत्या गर्ने मानिसको ज्यान गुम्ने मात्र नभई सो व्यक्तिसँग सम्बन्धित १३५ जनालाई पनि आघात पुग्ने तथ्याङ्क अध्ययनमा पाइएको छ ।

नेपाल प्रहरीको तथ्याङ्कलाई आधार मान्दा हरेक वर्ष आत्महत्याको दर बढ्दै गरेको देखिन्छ । आर्थिक वर्ष २०८०÷०८१ मा  ७ हजार २ सय २३ जनाले आत्महत्याको कारणले ज्यान गुमाएको देखिएको छ । जस अनुसार नेपालमा हरेक दिन लगभग २० जना व्यक्तिहरूले आत्महत्याको कारणले ज्यान गुमाइरहेको देखिएको छ । दिगो विकास लक्ष्यमा आत्महत्याको दरलाई न्यूनीकरण गरी सुस्वास्थ्य प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ ।

तत्कालीन समय सन् २०१५ मा १६.५ जना प्रति १ लाख नेपालीमा रहेको आत्महत्याको दरलाई सन् २०२२ मा ९.७ मा घटाउँदै सन् २०३० सम्ममा ४.७ प्रति १ लाख नेपालीमा झार्ने महत्वकांक्षी लक्ष्य लिइएको छ । हालको तथ्यांकमा सुधार ल्याउन बहुपक्षीय सहकार्य अनिवार्य देखिएको छ ।

आत्महत्याको कारण बहु आयामिक हुन्छ । यद्यपि आत्महत्याको सम्बन्ध मानसिक स्वास्थ्य समस्यासँग रहेको पाइन्छ । आत्महत्या गर्ने ६८% व्यक्तिमा मानसिक स्वास्थ्य समस्या भएको तथ्य अनुसन्धानले देखाएको छ । मानसिक रोगमा जस्तै उदासीनताको रोग (डिप्रेसन) सबै भन्दा प्रमुख कारण हो । विगतमा आत्महत्याको प्रयास गरेको मानिसहरूले आत्महत्या दोहोर्‍याउने सम्भावना अन्य व्यक्तिहरुको तुलनामा धेरै हुन्छ । साथै लगातार जीवनप्रति नैराश्य अनुभव गर्ने मानिसहरू र युद्ध, हिंसा, आघातजन्य घटना, लाञ्छना वा भेदभाव अनुभव गरेको व्यक्तिहरूमा आत्महत्या गर्ने सम्भावना बढी छ । 

बहुपक्षीय निकायहरूको संयुक्त प्रयत्नबाट आत्महत्याका घटनाहरू न्यूनीकरण गर्न सम्भव हुन्छ । मानसिक रोगको उपचार गर्नाले पनि धेरै मात्रामा आत्महत्या रोकथाम हुन्छ । नेपाल सरकारले आत्महत्या न्यूनीकरणका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ । आत्महत्या रोकथामका लागि २४ सै घण्टा निःशुल्क परामर्श दिन राष्ट्रिय हेल्पलाईन् ११६६ सञ्चालनमा रहेको छ । राष्ट्रिय मानसिक स्वास्थ्य रणनिती तथा कार्य योजना २०७७ ले पनि मानसिक स्वास्थ्यका लागि तिनै तहका सरकारहरुको भूमिकालाई स्पष्ट पारेको छ ।

मानसिक स्वास्थ्य सेवाको कार्यक्रमहरूलाई विस्तार गर्न सरकारले महत्त्वपूर्ण कदम लिइरहेको छ । आत्महत्याको लागि प्रयोग हुनसक्ने हानिकारक विषादीको पैठारी र प्रयोगमा प्रतिबन्ध लगाउने, आत्महत्या सम्बन्धी घटनाको जिम्मेवार समाचार सम्प्रेषण निर्देशिका जारी गर्ने साथै बालबालिका तथा किशोर किशोरीको सामाजिक–भावनात्मक सिकाकाई मोड्युलहरु तयार गरी कार्यान्वयन गरिएका छन् ।  

आत्महत्या रोकथाम हामी सबैको दायित्व हो  त्यसैले आत्महत्या रोकथामको लागि हामी सबैको भूमिका धेरै महत्त्वपूर्ण हुन्छ । आत्महत्या रोकथाममा साथीको भूमिका, साथीलाई एकलै नछाड्ने र आवश्यक सहयोग गर्ने । उदासी व्यवहार बारेमा सोध्ने साथीले सहयोग लिन नमानेको खण्डमा उसले कुरा सुन्ने अथवा सहयोग लिन चाहने आफन्त, दाजुभाइ, साथीभाइ वा अभिभावकलाई जानकारी दिने साथीका कुराहरूलाई गोपनीयता राख्दै सहानुभूतिका साथ कुराकानी गर्ने र साथीको आत्महत्याको सोच या योजना भएको बताएमा आफू भन्दा ठुलो मान्छे, अभिभावक, शिक्षकको सहयोग लिने गर्नुपर्छ । 

त्यस्तै विद्यालय तथा विद्यालयको शिक्षकको भूमिकाःविद्यार्थीहरुलाई निर्धक्क सँग भावना व्यक्त गर्ने वातावरण बनाउने्र आत्महत्याको जोखिम देखिएका विद्यार्थीलाई एक्लै  नछोड्र्थीको नाम ठेगाना र अभिभावकलाई सम्पर्क गर्न सकिने सम्पर्क नम्बर थाहा पाई राख्ने विद्यार्थीले व्यक्त गरेको कुरालाई बेवास्ता नगर्ने तालिम प्राप्त मनोविमर्शकर्तासंग सम्पर्क राख्ने विद्यार्थीहरुलाई समय समयमा मनोसामाजिक समस्या र यसको व्यवस्थापन सम्बन्धी चेतना मूलक कार्यक्रम सञ्चालन गर्ने  ।      आत्महत्या रोकथाममा समुदायको भूमिका ः सम्मानपूर्वक व्यवहार गर्ने ।

उपनाम वा मानसिक रोगीको संज्ञा नदिने । सहयोगी भावना विकास गर्ने र आत्मसम्मानको भावना जगाउन सहयोग गर्ने । व्यक्तिको समास्याको बारेमा सम्बन्धित निकायमा खबर दिने । त्यसैगरि आत्महत्या रोकथाममा मिडियाको भूमिकाः सहयोग पाउन सकिने ठाउँ बारे सही सूचना दिने आत्महत्या र आत्महत्या रोकथामको बारेमा गलत धारणा नबढाइ जनचेतना जगाउने, जीवनका तनावहरू वा आत्महत्याका सोचाइसँग कसरी सामना गर्ने र सहयोग कसरी लिन सकिन्छ भन्ने जस्ता कथाहरू सम्प्रेषण गर्ने, .प्रख्यात व्यक्तित्वहरूको आत्महत्या बारे समाचार सम्पे्रषण गर्दा सावधानी अपनाउने, शोकाकुल परिवारजन तथा साथीसँग अन्तर्वार्ता लिँदा सावधानी अपनाउने, आत्महत्या सम्बन्धी समाचारलाई केन्द्रबिन्दु नबनाउने र अनावश्यक रूपमा नदोहोराउने, आत्महत्यालाई सनसनीपूर्ण वा सामान्यीकरण गर्ने भाषाको प्रयोग नगर्ने र त्यसलाई एक मात्र सही सामाधानको रूपमा चित्रण नगर्ने,  आत्महत्याको साधन र तरिकालाई व्याख्या नगर्ने, आत्महत्या भएको स्थान बारे विस्तृत जानकारी नदिने, सनसनीपूर्ण शीर्षक प्रयोग नगर्ने,फोटो, भिडियो वा डिजिटल लिंकको प्रयोग नगर्ने, विश्व आत्महत्या रोकथाम दिवस २०२४ को अवसरमा हामी सबैलाई आ–आफ्नो स्थानबाट जनचेतना फैलाउन, यससँग सम्बन्धित अन्धविश्वास, भ्रम र लाञ्छना कम गर्दै आत्महत्या रोकथाममा भूमिका खेल्नका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निदेशक डा. यदुचन्द्र घिमिरे आह्वान गर्नुहुन्छ ।