प्रगतिशील इञ्जिनियर्स एशोसिएसनको उम्मेदवार घोषणा


काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यही भदौ २७ गते हुने नेपाल इञ्जिनियर्स एशोसिएसनको ३४ औँ निर्वाचनका लागि प्रगतिशील इञ्जिनियर्स एशोसिएसनको उम्मेदवार समुहलाई शुभकामना दिएका छन् । 

इ. प्रा डा विष्णुप्रसाद पाण्डे समूहको उम्मेदवार घोषणा कार्यक्रममा संक्षिप्त मन्तव्य दिँदै प्रधानमन्त्री ओलीले योग्य र सक्षम समूह भएकाले यसले विजय हासिल गर्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले निर्वाचनमा सफलता हासिल गरी मुलुक बनाउने अभियानमा अझ सक्रिय भएर लाग्न आग्रह गरे । 

“यो समूह चुनावमा उठ्नका लागि उठाए जस्तो मात्रै देखिएको छैन । यस क्षेत्रलाई ऊर्जाशील बनाएर राष्ट्र निर्माणमा लाग्न सक्षम समूह देखिएको छ । तपाईँहरुले चुनाव जितेपछि बसेर सविस्तार कुरा गरौँला ।’’