साढे ४ लाख घुससहित वडाध्यक्ष र वडासचिव पक्राउ


जनकपुरधाम।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष र वडा सचिवसहित तीनजना साढे चारलाख रुपियाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय र बर्दिबास कार्यालयको संयुक्त टोलिले मंगलबार (आज) दिउँसो वडाध्यक्ष उपेन्द्र सहनी, वडा सचिव उपेन्द्र साह र विजय मण्डललाई घुस रकमसहित पक्राउ गरेको हो ।

डाअध्यक्ष र वडासचिवले घरबाटो प्रमाणित गरी दिनका लागि सेवाग्राहीसंग घुस रकम मागेको भन्ने सूचनाका आधारमा खटिएको टोलिले उक्त रकमसहित उनीहरुलाई पक्राउ गरेको हो।

उनीहरुलाई वडा कार्यालय परिसरबाटै सेवाग्राहीबाट लिएको घुस रकमसहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।