पूर्वश्रीमतीको विषयमा आफूलाई नजोड्न घनराज गुरुङको आग्रह, संसदमा गरे छानबिनको माग


काठमाडौँ ।

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफ्नी पूर्व श्रीमती ज्योति गुरुङले सहकारी ठगी गरेको विषयमा आफूलाई जोड्न नहुने बताएका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद गुरुङले आफूमाथि तत्काल छानबिन अगाडी बढाउन माग गर्दै आफ्नो २०७६ मै निज ज्योतिसँग डिभोर्स भएकाले यस प्रकरणमा आफूलाई जोड्नु गलत भएको बताएका हुन् ।

सांसद गुरुङले पूर्व श्रीमती ज्योतिसँग आफ्नो सम्बन्ध खराब भएकै कारणले डिभोर्स गरेको भन्दै नक्कली डिभोर्स भन्दै गरिएको टिप्पणी प्रमाणित गर्न चुनौती दिएका छन् ।

 उनले आफूमाथि यसअघि लागेको आरोप पनि छानबिनपछि आरोपमुक्त भएको बताउँदै आफ्नो बारेमा छानबिन गरेर आफूमाथि लागेको आरोपलाई गलत साबित गरिदिन सभामुख र सरकारसँग माग गरेका छन् ।