सरकारी कार्यालयमा कर्मचारीहरुको खाजा समय आधा घण्टा घट्यो

अब खाजा समय १: ३० देखि २ बजेसम्म मात्रै


काठमाडौं ।

सरकारले अब सम्पूर्ण कर्मचारीको दिउसो खाजा खाने समय १ घण्टाबाट घटाएर आधा घण्टा मात्रै कायम गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राती सरकारी कार्यालयमा कर्मचारीहरुको खाजा समय आधा घण्टा कायम गरिएको जानकारी दिनुभएको हो ।

सरकारी कार्यालयमा कर्मचारीहरुको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो आएको भन्दै प्रधानमन्त्री ओलीले अबदेखि दिउँसो १ः३० देखि २ बजेसम्मका लागि खाजा समय कायम गरिएको र त्यसलाई कडाईका साथ लागु गरिने स्पष्ट पार्नुभएको छ । यस अघि कर्मचारीका लागि खाजा खाने समय १ देखि २ बजे रहेको थियो ।


’सरकारी कार्यालयमा कर्मचारीहरुको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो सुनिँदै आएको छ । खाजा पनि खानु पर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनु हुँदैन,’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ ’अब सरकारी कार्यालयमा खाजा समय एक घण्टाबाट घटाएर हरेक दिन १.३० देखि २ बजेसम्म कायम गरिएको छ । नयाँ नियमलाई उल्लंघन गरेको पाइएमा हेल्लो सरकारमा गुनासो टिपाउनसमेत प्रधानमन्त्री ओलीले अनुरोध गर्नुभएको छ ।