सत्तारूढ दलका शीर्ष नेताहरूबीच के छलफल भयो ?


काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्तारूढ नेपाली कांग्रेस र एमालेका शीर्ष नेताहरूबीच आज छलफल भएको छ ।

छलफलमा सरकारका कामकारबाहीको समीक्षाका साथै थप प्रभावकारी बनाउनेलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उक्त छलफलमा चार सदस्यीय कार्यदल गठन गर्ने सहमति भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस नेताहरू गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा, एमालेका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल सहभागी थिए ।