सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता मधेश प्रदेशमा सम्मानित


बर्दिबास ।

संघीय सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रामकुमार गुप्ता आईतवार मधेश प्रदेशमा सम्मानीत भएका छन् ।

नेकपा एमाले मधेश प्रदेश कमिटीले सर्लाहीको बर्दिबासमा एक विशेष समारोहको आयोजना गरी मन्त्री गुप्तालाई सम्मान गरेको हो । नेकपा एमाले केन्द्रीय अनुशासन आयोगको आयोजनामा बर्दिबासमा सम्मानको कार्यक्रम भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि मन्त्री गुप्तालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रम मधेश प्रदेश कमिटीका अध्यक्ष चन्देश्वर मण्डलले सञ्चालन गरेका थिए । अध्यक्ष मण्डलले मन्त्री गुप्तालाई सम्मान गर्दै सरकार सञ्चालनमा सकृय भूमिका खेल्न आग्रह गरेका थिए । मण्डलले आफ्नो सम्बोधनमा मन्त्री गुप्ताले देशको संघीय संरचनामा शासन व्यवस्थामा सुधार ल्याउन र समग्र जनताको हितमा काम गर्न सधैं अग्रसर भूमिका निर्वाह गर्दै आएको बताए । साथै, उनले मन्त्री गुप्ताले हालैका दिनहरूमा संघीय मामिला र सामान्य प्रशासनमा देखिएको चुनौतीहरूको सामना गर्न, विशेषगरी मधेश प्रदेशको विकास र समृद्धिका लागि उहाँले अझै बढी सक्रियता देखाउनुपर्नेमा जोड दिए ।

समारोहमा उपस्थित अन्य नेताहरुले पनि मन्तव्य राख्दै मन्त्री गुप्ताको प्रशंसा गरेका थिए र मधेश प्रदेशमा एमालेको सुदृढ उपस्थिति र योगदानका बारेमा छलफल गरेका थिए । कार्यक्रममा पार्टीका विभिन्न नेताहरु, कार्यकर्ता तथा जनसमुदायको उल्लेखनीय उपस्थिति रहेको थियो ।