हरेक मानिसको शरीरमा कुनै न कुनै रोग हुन्छ। रोग, बुढ्यौली र मृत्यु मानिसका प्रमुख समस्या हुन् । यी विषयमा चिकित्सा वैज्ञानिकका साथ दार्शनिकहरुको पनि ध्यान केन्द्रित गरेको छ।
यसको समाधान दार्शनिकको विज्ञता अनुभव र विज्ञान र प्रविधिको खोज अनुसन्धानबाट विश्लेषण गरी अघि बढे लक्ष्यमा पुग्न सकिने चिकित्सा विज्ञानका कन्सल्टट्यान्ट प्याथोेजिस्ट डा. रोजन घिमिरे र कृषि अर्थशास्त्री तथा सरलीकृत कुण्डलीनी योग नेपालका संस्थापक साधक प्रशिक्षक डा. जयसिंह शाहको कथन छ । प्रस्तुत छ, उहाँहरूसँग भगवती तिमल्सिनाले गरेको कुराकानीको सारसंक्षेप :
अस्पतालको ड्युटीलाई पहिलो प्राथमिकतामा राखी सरलीकृत कुण्डलीनी योगमा विगत ५ वर्षदेखि प्रशिक्षक भई स्वयंसेवी रूपमा भूमिका निर्वाह गरिरहेको छु । यो योग केन्द्र भारतको तामीलनाँडुमा तत्वज्ञानी वेदाद्री महर्षिले शुरु गर्नुभएको संस्था नेपालमा पनि शुरु गरिएको हो । यो संस्था सामाजिक हित र मानव शरीरलाई सक्रिय राख्दै ध्यान योगमा केन्द्रित भई सन् २००९ मा स्थापना भएको थियो।
सन् २०१७ बाट योग, साधना सिक्न, सिकाउने थलोका रूपमा विकास भएको छ। सरलीकृत कृण्डलीनी योग केन्द्र नेपालको संस्थापक जयसिंह शाह हुनुहुन्छ। म चिकित्सा विज्ञान अँगालेको व्यक्ति अध्यात्मिक विषयमा पनि रुचि राख्थे र यहाँ जोडिएँ। हरेक योगमा कुण्डलीनी शब्द ठोकिन्छ। यो शब्दको खोजी गर्ने क्रममा सरलीकृत कुण्डलीनी योग शब्दसँग म परिचित भएँ र नेपालमै यो संस्था पाएँ। सन् २०१८ देखि म यो संस्थामा जोडिएको र करिब ६ महिनाको अवधिमै मैले डा. शुक्रमण्यम् लक्ष्मणम्बाट दीक्षा पाएँ।
त्यसपछि उहाँले अब कति विदेशबाट आएर दीक्षा दिने नेपालमै प्रशिक्षक तयार हुनुपर्यो भन्नुभयो। सन् २०१९ को मध्यबाट नेपालको प्रशिक्षकको जिम्मेवारी पाएँ। संस्थामा ४० वर्षदेखिको अनुभवी डा. सिंह हुनुहुन्थ्यो। उहाँसँग सहकार्य गर्न पाउँदा म खुसी छु। यो संस्थाले विशेष गरी गृहस्थ मानिस, जो बढी समय काममा व्यस्त हुन्छन् उनीहरुलाई केन्द्रित गरी काम शुरु गरेको छ । योग, ध्यानले मानिसमा सकारात्मक सोच र धारणाको विकास गरी समाजमा केही दिनुपर्ने दायित्व बोद्य गराउँछ। दायित्व पूरा गर्न आफू रहेकै घर, परिवार, समाज र देशमा थोरै समयमा पनि सशक्त ध्यान गरेर समाजमा सौहाद्र्धपूर्ण व्यवहार, सामन्जस्यताका माध्यमबाट सकारात्मकको सोचको विकास हुन्छ भन्ने स्वयं व्यक्तिले अनुभूत गर्छ ।
ज्ञान प्राप्तिपछि विवेकपूर्ण ढंगले काम गर्छ र आफू र अरूलाई शारीरिक, मानसिक र आत्मीक रूपमा सशक्त बनाउन कार्य गर्छ, त्यो सदाचारयुक्त जीवन हो । हामीले वैज्ञानिक भाषा, विधिबाट सरलीकृत कुण्डलीनी योग सिकाउने गरेका छौं । म व्यस्तताको बावजुद पनि ३० देखि ६० मिनेट अभ्यास गर्छु । यसले दिनभरिका लागि पर्याप्त मात्रामा ऊर्जा मिल्छ। २०औैं शताब्दिमा सरलीकृत योग पद्धति शुरु भएको हो। यसमा विज्ञानको फिजिक्समा प्रयोग हुने धेरै शब्द प्रयोग हुन्छन् ।
अध्यात्मको मूल उद्देश्य म को हुँ भन्ने बुझ्नु नै हो। हरेक विधिका फाइदा साधना नवचक्र प्रणालीबाट गरिन्छ। नौ चक्रमध्ये सात वटा शरीरमा र एउटा शरीरबाहिर हुन्छ। शरीरमा भएका इन्डोक्राइन ग्रन्थी सात वटा हुन्छ । मूलाधार चक्रले लैंगिकताका आधारमा हर्मोन उत्पादन हुन्छ। अण्डकोष र ओभरिजहरुले प्रभाव पार्छ । यो सबै चक्र प्रणाली शरीरलाई व्यवस्थापन गर्ने काम गर्छ । व्यायामले शारीरिक स्वास्थ्यमा मबत गर्छ । यसमा चार आयाम छन् । दुई वटा पक्षले मनमाथि र दुई वटा पक्षले शरीरमाथि काम गर्छ ।
शरीरमाथि सरलीकृत शारीरिक व्यायामले अत्यन्त सरल तरिकाले शरीर स्वस्थ राख्छ। अर्को कायाकल्प योगको छोटो व्यायामले शरीर स्वस्थ राख्न मद्दत गर्छ। योगका चारवटा पक्ष छ– ध्यान, आत्मनिरीक्षण, सरलीकृत व्यायाम, कायाकल्प योग । यी एक–आर्काका परिपूरक हुन्।
शान्त हुँदा ध्यान प्रगाढ हुन्छ र ऊर्जा थपिएको हुन्छ। शारीरिक र मानसिकको पनि व्यवस्था हुन्छ। एउटा कोर्ष पूरा गर्न ३० घण्टा तालिम लिनुपर्छ। अभ्यास अनिवार्य छैन। कुण्डलिनी योग सुरक्षित छ। यहाँ तपाईं जस्तो रूपमा आउनुहुन्छ त्यस्तैमा अभ्यास शुरु गर्छाैं । सिकिसकेपछि पालना गर्दै विस्तारै आफ्नो शरीरले नै आफैँलाई बताउँछ कि के खान हुन्छ, गर्न हुन्छ। के राम्रो, के नराम्रो व्यक्ति आफैंमा परिवर्तन आउँछ । कुनै पनि अपेक्षाबिना निरन्तर अभ्यास गर्दाे योगले ३ देखि ४ हप्तामा परिवर्तन ल्याउँछ। सरलीकृत कुण्डलीनी योग कुन उमेरबाट सिकाउन मिल्छ भन्ने बुझ्नुपर्छ । १४ वर्षदेखि १५ वर्षको उमेरमा स्नायु प्रणालीका साथ शारीरिक विकास पूरा हुन्छ । त्यसपछि मात्र कुण्डलिनी ध्यान सिकाउन उपयुक्त हुन्छ ।
युवा पुस्तामा धैर्यताको कमी
भारतको तामिलनाडुमा गएर बीएसी गर्दा छुट्टै वातावरण थियो । घरमा पनि भजन कीर्तन हुन्थ्यो । किताबहरु धेरै पढिन्थ्यो । त्यति बेला मेरो एउटा सोच थियो नयाँ गर्नुपर्छ । किताबी शिक्षाले मलाई धेरै बलियो बनाएको थियो । विज्ञान पढ्न आएपछि हरेक कुराको प्रमाण खोज्न थालें ।
वेदमा यस्तो लेखिएको छ, कुरानमा यस्तो लेखिएको छ, गितामा यस्तो लेखिएको छ भनिन्थ्यो । विज्ञानले लेखेका भन्दा प्रमाणित गरेका विषय खोज्ने हुनाले प्रमाणित गरेका विषयको खोज गर्न थालें । अनि म अन्योलमा परे अब के गर्ने भनेर । तर, मैले पढ्न छोडिनँ, एकदिन कोही–कसैले त प्रमाणित गरेर देखाउला नि भनेर । अध्ययनले अनुभव धेरै पाएँ तर जुन मेरो जिज्ञाशाको अनुभूति कसैले गराइदेला भनेर खोजीमा लागें । संयोगले मैले गुरु लक्ष्मणम्ले आत्मज्ञान गराउनुहुन्छ र आत्माको अनुभूति गराउनुहुन्छ भनेपछि म उहाँकोमा गएँ ।
मैले उहाँसँग पहिलो प्रश्न नै तपाईंले आत्माको अनुभूति गराइदिनुहुन्छ ? भनेर सोधें । सक्छु भन्नुभयो । म चकित परें । अहिलेसम्म कसैले पनि सक्छु भनेकै थिएनन् । जब उहाँले ज्ञान दिनुभयो म सन्तुष्ट भएँ । एक–एक इनर्जी कसरी प्राप्त गर्ने, ज्ञान कसरी प्राप्ति हुन्छ भन्ने उहाँले भनेका कुरा व्यवहारमा ल्याउन थालें र मलाई अनुभूति हुन थाल्यो । आखिर जीवन यही रहेछ भनेर म सन्तुष्टि भएँ । अनि असल योगी भएर दीक्षा लिएँ । जीवन के हो भन्ने बारेमा पढें । नेपालमा मेरो मनको उत्तर कसैले दिएको थिएन, मैले त्यहाँ पाएँ ।
त्यसपछि गुरुले अंग्रेजीमा लेखेका किताब नेपालीमा अनुवाद गर्ने स्वीकृति लिएँ । नेपालमा आएर दुई पटक अनुवाद गरेर प्रेसमा दिएँ दुवै पटक हराइदिए । मैले त्यो किताब छाप्न नपाउँदै २००६ मा गुरु बित्नुभयो । १८ वर्ष म अन्योलमा बसें तर योग–ध्यान छोडिनँ । निकै चिन्ता थियो नेपालीमा किताब छाप्न नसकेकोमा । तर, मेरो दिमागमा नकारात्मक केही आएन । सकारात्मक सोचले मलाई परिवार, समाज र देशमा जहाँ जाँदा पनि सहज भयो । बिना ठूलो प्रयास मैले आफैंलाई परिवर्तन गरें । मेरो मनमा किताब छाप्न नसकेको विषयले निकै पीडा भयो ।
गुरुजी छँदै मैले किताब छाप्न सकिनँ । अहिले मैले उक्त किताब नेपाली भाषामा छपाएको छु । योग ध्यानलाई निरन्तरता दिएको थिएँ । नेपालमा सरलीकृत योगको दीक्षा पाएको म एक्लै थिएँ । अब मैले नै यो शिक्षालाई नेपालको हालको परिस्थितिमा शुरु गर्नुपर्छ भनेर म अवकाश भएपछि २०१७ सालबाट पुनः औपचारिक रूपमा शुरु गरें । यसमा धेरै विशेषज्ञ, विज्ञहरुले त्रिभुवन विश्वविद्यालय लगायतका क्षेत्रमा, विभिन्न विभागमा प्रचार–प्रसार गरेर सहयोग गर्नुभयो ।
शुरुमा हेर्दा पत्यार नै लाग्दैन । कारण भजन, कीर्तन, भेषभूषा परिवर्तन, खानपानमा परिवर्तन केही पनि छैन । सीधै प्रयोगात्मक अभ्यासका आधारमा गर्ने हो मैले ३५ वर्षदेखि गरेको छु । मेरो केही बिगारेको छैन यसले, जे गर्छ राम्रो गर्छ । हाम्रो जीवनमा फिट छ, समय धेरै दिनु पर्दैन । काम छोड्नु पर्दैन । यो क्षेत्रमा चिकित्सक, विद्वान्, वैज्ञानिक सबै खालका मान्छे सहभागी हुनुहुन्छ । सबै आ–आफैं अभ्यास गर्नुहुन्छ । जम्माजम्मी ३० घण्टा अर्थात् १० दिनको अभ्यासपछि एउटा व्यक्ति पूर्णअभ्यास गर्न सक्ने हुन्छ । ध्यान अभ्यासको मजा लिँदै काम गर्न सकियो भने मान्छेको हरेक पेशा, व्यवसायमा सफलता ल्याउन, करुणा, माया–ममता, धैर्यताको विकास गर्न सकिन्छ ।
गाउँ, शहर, तराई, पहाड जुनसुकै ठाउँमा फिट हुने सरलीकृति कुण्डलिनी योगबिना खर्च प्रयोग गर्न सकिन्छ । युवा पुस्तामा पाठ्यक्रमबाट नै शुरु गर्न सकियो भने सकारात्मक सोचको विकास हुन्छ । आम नेपालीमा योगको अभ्यास सिकाउन र सकारात्मक सोचको विकास गरी अभ्यस्त बनाउन सकौं भन्ने धेयका साथ लागि परेको छु । अहिलेसम्म जो आउनुभएको छ आफैं खोजेर आउनुभएको छ ।
परिणाम आफैं हेर्न सकिन्छ । योग गर्ने व्यक्तिलाई कुनै पनि गल्तीको तुरुन्तै महशुस हुन्छ। विश्व विद्यालयकै कोर्ष बुकमा समेटेर अभ्यासका माध्यमबाट समेटेर विज्ञानले पनि प्रमाणित गरेको विषय भएकाले सकारात्मक रूपमा व्यवहारमा उतार्ने हो। यो अध्यात्ममा पनि पिन प्वाइन्ट चिज हो।
प्रतिक्रिया