पहिलो क्वाटर फाइनलमा रड्स रामपुर विजयी


नवलपरासी। 

जिल्लामा सञ्चालित युनाइटेड गाेल्डकप फुटबल प्रतियोगिताको पहिलो क्वाटर फाइनलमा रड्स रामपुर विजयी भएको छ ।
शनिवार भएको क्वाटर फाइनल खेलमा प्रतिद्वन्द्वी  चाेरमारा युवाक्लवलाई ३-१ गाेलले हराउदै रड्स रामपुर, चितवनले आफ्नो सेमिफाइनल यात्रा सुनिश्चित गरेकाे हाे ।

आइतबार वातासिनाे कावासोती र नमुना युवा क्लब पश्चिमटाेला बीच दोस्रो क्वाटर फाइनल खेल हुने आयोजक युनाइटेड क्लबले जनाएको छ ।
युनाइटेड गाेल्डकप ३८ ओैं श्रृंखलामा प्रथम हुने टिमले २ लाख ५० हजार नगद पुरस्कार हात पार्ने छ ।

यसैगरी  दोस्रो हुने टिमले १ लाख ५० हजार र सेमिफाइनलबाट बाहिरिने २ टिमले २० हजार रूपैयाँ बुझ्नेछन् ।

चितवन,नवलपरासी पश्चिम लगायत जिल्ला भित्रका गरी  विभिन्न १६ टिमको सहभागिता रहेको उक्त प्रतियोगिताको फाइनल खेल यही भदौ २९ गते हुने बताइएको छ ।