प्रमुख प्रशासकीय अधिकृत नभएपछि हाजिर गर्न पनि पाएनन् कर्मचारीले


धादिङ। 

प्रमुख प्रशासकीय अधिकृत बिनोदकुमार अधिकारकिो सरुवा भएपछि सिद्धलेक गाउँपालिका कर्मचारीले हाजिर गर्न समेत पाएनन् । 
तिजको दिन महिला कर्मचारी विदा भएपनि अन्य सबै जसो कर्मचारी कार्यालयमा आएका थिए । कर्मचारी कार्यालय आए पनि केही कार्यकक्ष र हाजिरराखिएको कार्यकक्ष बन्द भएपछि कर्मचारीले हाजिर गर्न नपाएको र एउटासादा कागजमा हाजिर गरिएको पशु सेवा शाखा प्रमुख पशु चिकित्सक  डा. चक्र वलीले बताए । 

एक वर्षमा ६ जनासम्म प्रमुख प्रशासकीय अधिकृतको सरुवा हुने सिद्धलेक गाउँपालिकामा नीति विपरीत कार्यक्रम सञ्चालन गर्न खोज्ने भएपछि आफूलाई अप्ठेरो पर्नेगरि काम गर्नुभन्दा कर्मचारीहरु सरुवा मागेर जाने गरेको अनुभव छ । 

नागरिक समाजको तर्फबाट मोहमद रकिम अन्सारी लगायतको समूहले पालिकाले स्वास्थ्य क्षेत्रका कर्मचारी भर्ना गर्दा नीति विपरीत गरेको आशंकामा सूचना माग गर्दा लामो समयसम्म सूचना समेत उपलब्ध नभएको अवस्थामा रहेको छ । 

सिद्धलेक गाउँपालिका कार्यालयमा जब सिद्धलेकका नागरिक समाजको टोली पछि  सूचना माग गर्छ भनेर सुरुमै प्रहरी बोलाई हाल्ने परम्परा समेत भएको छ । 
शुक्रबार नेपाल समाचारपत्रकर्मी सीताराम अधिकारी समाचार सङ्कलनको सिलसिलामा कार्यालय पुग्दा नागरिक समाजका व्यक्तिहरू कर्मचारीले हाजिर किन गर्न पाएनन् र किन सूचना उपलब्ध भएन भनेर कार्यालयमा छलफल गरिरहनुभएको थियो । कार्यालय पुग्ने बित्तिकै सूचना माग हुन सक्ने भयले प्रहरी बोलाएर राखिएको थियो । 

किन कार्यालय आउनुभएछ भन्ने प्रश्नमा सुरक्षाकर्मीले पालिकाले छिटो आउन भनेकोले आएको बताएका थिए ।
 
शुक्रबार कार्यालयमा सेवा लिन आएका व्यक्तिहरू समेत कार्यालयको धेरैजसो काम नभएपछि घर फकिएको दृश्य समेत देखिएको थियो । 
कार्यालयमा भएका कुनैपनि कर्मचारीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी नतोकिएको र सबै कार्यकक्ष खोल्नका लागि साँचो समेत उपलब्ध नगराइएकोले सिद्धलेक गाउँपालिका काम गर्न कठिन अवस्था आएको एक कर्मचारीले नेपाल समाचारपत्रलाई बताए ।

पालिकामा बजेट नभएको भनेर घटाइएको  बेला अनावश्यक रुपमा सडकमा फलामका केही पोलगाडेर र मलेखुुबाट बुङचुुङ सम्म स्वागत द्वारहरु राख्नका लागि बजेट छट्याएको बिना योजना आवश्यक कर्मचारी हटाएर अनावश्यक कर्मचारी राख्न खोजेको, राखिने कर्मचारी पनि विधि विपरीत राखिएको विषयमा विवाद हुँदै आएको छ ।