पृथ्वी राजमार्गमा यातायात सञ्चालन


काठमाडाैं ।

पहिरो हटाएपछि पृथ्वीराजमार्गमा सवारी साधन सञ्चालनमा आएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार इच्छाकामना गाउँपालिका वडा नम्बर ३ फिस्लिङ नजिकै आज बिहान साढे ७ बजे आसपासमा सुक्खा पहिरो खसेर राजमार्ग दुईतर्फी अवरुद्ध बनेको थियो।

सडक विभागको समन्वयमा पहिरो हटाएपछि शनिबार बिहान पौने ९ बजेदेखि यातायात दुईतर्फी नै सञ्चालनमा आएको प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिए।