युनाइटेड गोल्डकप क्वाटर फाइनलमा


नवलपरासी ।

नवलपरासी जिल्लामा सञ्चालित युनाइटेड गोल्डकप फुटबल प्रतियोगिताको क्वाटर फाइनलका खेलहरु सुरु भएका छन् ।

जारी प्रतियोगितामा शनिबार चितवन रड्स रामपुर र चोरमारा युवाक्लव बीच क्वाटर फाईनल खेल हुने आयोजक युनाइटेड क्लवले जनाएको छ । शुक्रबार सम्पन्न पहिलो चरणको अन्तिम खेलमा राईनो क्लव मध्यविन्दुलाई ५-१ को गोल अन्तरले हराउदै दुम्किबास खेलकुद बिकास समिति क्वाटर फाईनल पुगेको छ ।

स्वास्थ्य र अनुशासनका लागि खेलकुद भन्ने मुलमर्म सहित सुरू भएको युनाइटेड गोल्डकप ३८ ओैं श्रृंखलामा प्रथम हुने टिमले २ लाख ५० हजार नगद पुरस्कार हात पार्ने छ ।यसै गरि दोश्रो हुने टिमले १ लाख ५० हजार,सेमिफाइनल पुगेर बाहिरिने २ टिमले २० हजार रूपैया, अनुशासित,उत्कृष्ट खेलाडी, गोल रक्षक र सर्वाधिक गोलकर्ता खेलाडीलाई ८ हजार प्रदान गरिने भएको छ ।


चितवन,नवलपरासी पश्चिम लगायत जिल्ला भित्रका गरि विभिन्न १६ टिमको सहभागिता रहेको उक्त प्रतियोगिताको फाईनल खेल यही भदौ २९ गते हुने आयोजक युनाइटेड युवा क्लबका अध्यक्ष हरि थापा मगरले बताए ।