नारायणी नदीमा डुवेर बालकको मृत्यु


नवलपरासी ।

पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका ९ थुम्सीमा शुक्रबार ३ वर्षीय बालकको नारायणी नदी छेउ पानीमा डुबेर मृत्यु भएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा स्थानीय अस्मिता मानन्धरको ३ वर्षीय छोरा सुमन मानन्धर रहेका छन् ।

घरदेखि १० मिटरको दुरीमा नारायणी नदीमा लगाईएको तटबन्ध छेउको पानीमा साँझ ८:३० बजे बालक डुवेको मामा सुरज गुरूङले देखि तत्कालै पानीबाट निकालेर बालकलाई चितवन स्थित सरकारी अस्पताल लगिएको थियो ।

प्रहरीका अनुसार उपचारको क्रममा बालक राती ९:३० बजे चिकित्सकले मृत घोषणा गरेकोले बालकको शवलाई पोष्टमार्टमका लागि अस्पतालमै राखि अन्य थप अनुसन्धानको कार्य भई रहेको छ ।