सुक्खा पहिरो खसेपछि मुग्लिन सडक खण्ड अवरुद्ध


काठमाडाैं ।

चितवनको ईच्छाकामना गाउँपालिका स्थित वडा नम्बर ३ स्थित फिस्लीङ्गबाट तिन किलो मिटर काठमाण्डौतर्फ खसेको पहिरोका कारण पृथ्वी राजमार्गको मौवा खोला मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ ।

सडक भन्दा माथिबाट ठुलो ढुङ्गा सहितको सुख्खा पहिरो खस्दा सो सडक अवरुद्ध भएको छ ।

सडकको पहिरो पन्छाउनका लागी केही समय लाग्ने सडक विभागले जनाएको छ । सडकमा खसेको ढुङ्गा सहितको पहिरोका कारण दुबईतर्फको सवारी आगमन ठप्प रहेको छ ।