बाग्लुङमा बाढीमा बेपत्ता सापकोटाको शव भेटियो


बागलुङ ।

बागलुङको बान्द्रे खोलामा आएको बाढीले बगाएर बेपत्ता भएका २० वर्षीय कमल सापकोटाको शव फेला परेको छ ।

बागलुङ नगरपालिका –४ बान्द्रे अढाइथरका सापकोटाको शव फेला परेसँगै बाढीले बगाएर मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

घटनास्थलभन्दा पाँच सय मिटर तल सापकोटाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ ।

बिहीबार राती १२ बजे आएको बाढीले सोही वडाको कुँडुलेदेखि मालिका जाँदै गरेको ध २ प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरको स्कुटर बगाएको थियो ।

मोटरसाइकल र स्कुटर बगाउँदा मुत्यु भएका बान्द्रे अढाइथरका २३ वर्षीय अर्जुन सापकोटा र २२ वर्षीय अविशेक रेग्मीको शव रातिनै घटनास्थलदेखि दुई सय मिटर तल भेटिएको थियो ।