गृह सचिवको जिम्मेवारी गोकर्णमणि दुवाडीलाई


काठमाडौं ।

सरकारले गृह मन्त्रालयको सचिवको जिम्मेवारी वरिष्ट सचिव गोकर्णमणि दुवाडीलाई दिएको छ । लामो रस्साकस्सीबिच गृहसचिवको जिम्मेवारी दवाडीले पाउनुभएको हो ।

विहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री रमेश लेखकको प्रस्तावमा दुवाडी गृहसचिव बन्नुभएको हो । गृहसचिवका लागि आधा दर्जन बढि सचिवहरु दौडधूपमा रहनुभएको थियो । तत्कालीन गृहसचिव एकनारायण अर्याल मुख्य सचिवका बढुवा भएपछि गृहसचिव पद रिक्त रहदै आएको थियो ।

गृहसचिवमा बढुवा भएका दुवाडी विवादमा नपरेका स्वस्च्छ प्रशासकका रुपमा निजामती सेवामा परिचित छन् । उहाँले यस अघि निर्वाचन आयोग तथा भूमि व्यवस्था सहकारी तथा गरीवी निवारण मन्त्रालयका रहेर सचिवको रुपमा सफलतापुर्वक कार्यसम्पन्न गरिसक्नुभएको छ ।

यसैगरी मधेश प्रदेशको प्रमुख सचिव तथा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिवका रुपमा समेत उहाँले काम गरिसक्नुभएको छ । साथै दुवाडीले सप्तरी र सिन्धुपाल्चोक जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा समेत सफलतापुर्वक काम गर्नुभएको थियो ।