पिताको महत्व झल्काउन मेरो बा


काठमाडौं ।

पिताको महत्व झल्काउने लघु फिल्म मेरो बा सार्वजनिक गरिएको छ। रमेश थापाको लेखन र निर्देशन रहेको यो लघु फिल्म म्युजिक नेपाल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

प्रभाकर न्यौपाने, विकास जोशी, अनुजा अधिकारी, मेघराज पौडेल, श्याम मगर, टेक बहादुर घले, दिपेन्द्र थापा, खगेन्द्र धामी, प्रान्जिल सापकोटा, बाल कलाकार रियांशी थापा र सन्तोष बटालालगायतले अभिनय गरेको लघु फिल्ममा संकल्प भुजेलको छायांकन तथा चलचित्रमा बालकृष्ण श्रेष्ठ र बिक्रम चिमौरियाको सम्पादन रहेको छ।

तीजमा दरका नाममा बढ्दो विकृती, बाबुलाई छोराबुहारीले गर्नुपर्ने माया र सम्मानको कमीबाट उत्पन्न हुने कठिनाइको कथा बुनिएको लघु फिल्म चन्द्र विनायक फिल्म्स्को ब्यानरमा दिपा मल्ल थापाले निर्माण गरेकी हुन्।

आधुनिकताका नाममा अनपढ बाबुआमालाई त्यसपछिको पुस्ताले गर्ने व्यवहार राम्रो नभइरहेको अवस्थामा त्यसैको प्रतिनिधि कथामा लघु फिल्म तयार गरिएको निर्देशक थापाले बताए।