उदयपुर ।
उदयपुरको कटारी नगरपालिका १० सोरुङ्गछविसेका एकै परिवारका आमा र छोरा बिहीबार बिहान शंकास्थपद अवस्थामा मृत फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राजन चापागाईका अनुसार अन्दाजी ४० वार्षिय निर्मला थापा र छोरा ६ वार्षिय आरुस थापा घर भित्रै मृत अवस्थामा भेटिएका हुन् । आफ्नै घर भित्र रगतले लतपतिएको अबस्था दुबै जनाको शव फेला परेकाले स्थानीयले हत्या भएको दावी गरेका छन् । नगरपालिकाका कार्यपालिका सदस्य तथा स्थानीय गिता गिरीका अनुसार बालकको घाटीमा धारिलो हतियारले रेटेको जस्तो देखिएको छ भने महिलाको लास घोप्टिएको अबस्थामा छ ।
‘खाटमाथि सुतेका बालकको शरिरमा निकै चोटपटक लागेको देखिन्छ उनले भनिन्, ‘आमा घोप्टो परेर सुतेको देखिएकाले कहाँ चोट लाग्यो भने प्रहरी आईनसकेकाले हामीले हेर्न सकेनौ तर अवस्थामा हेर्दा यो कसैले हत्या नै गरेको हो । स्थानीयले दुबै जना मृत अवस्थामा फेला परेको देखेपछि इलाका प्रहरी कार्यालय कटारीलाई खवर गरेका थिए । घटना स्थल विकट क्षेत्रमा रहेकाले प्रहरीको टोली घटनास्थल पुगिसकेकाले घटनाको थप विवरण आउन बाँकी रहेको डिएसपी चापागाईले बताए ।
उनले भने, ‘घटनाको प्रकृति प्रहरीले देखेपछिेमात्र घटनाका बारेमा अनुसन्धान गरेरमात्र तथ्य कुराभन्न सकिने बताए । अहिले प्रारम्भिक सामान्य जानकारी आएकाले इप्रका कटारीबाट टोली खटाइएको छ, पुगेपछि अनुसान्धानले केहि निक्र्यौल गर्ने नै छ । कार्यपालिका सदस्य गिरीका अनुसार मृतकका श्रीमान अशोक थापा अर्की श्रीमती लिएर विगत तीन बर्षदेखि भारतको दिल्लीमा बस्दै आएका छन् ।
श्रीमान अर्की श्रीमती लिएर दिल्ली गएपछि निर्मला गुजारा चलाउन सामान्य पसल गरेर गाउँमै बस्दै आएको उनले बताईन् ।
बिहानदेखि दिनभरी पानी परेकोले लास निकाल्न समस्या भएको र स्थानीयले आमा छोराको हत्यारा पत्ता नलागेसम्म लासलाई पोष्टमार्टम गर्न जिल्ला अस्पताल गाईघाट लैजान समेत नदिएको बताइएको छ ।











प्रतिक्रिया