दीपकराज जोशी पर्यटन बोर्डको सीईओमा नियुक्त

2.63k
Shares

काठमाडौं ।

दीपकराज जोशी नेपाल पर्यटन बोर्डको सीईओमा नियुक्त भएका छन् ।

सीईओका लागि सिफारिस गरिएका तीन जना उम्मेदवारहरूमध्येबाट बोर्डका लागि ‘कार्यकारी प्रमुख छनौट उपसमिति’ ले आज जोशीलाई सीईओमा नियुक्त गरेको हो । कार्यकारी प्रमुख छनौट उपसमितिमा बोर्ड सदस्य तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव इन्दु घिमिरे संयोजक थिए ।

सीईओका लागि छानिएका अन्तिम १४ जनाबाट बिहीबार दीपकराज जोशी, धनन्जय रेग्मी र ज्ञानेश्वर सिंह महतोलाई सिफारिस गरिएको थियो । बोर्डको सञ्चालक समितिको बैठकले ती तीन जना उम्मेदवारहरूबाट आज जोशीलाई नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि पनि जोशीले बोर्डको सीईओको रुपमा काम गरिसकेका छन् ।