राप्रपाद्वारा सिलवाललाई केन्द्रीय सल्लाहकार सदस्यमा मनोनयन 


काठमाडौं। 

राप्रपाले आफ्नो केन्द्रीय सल्लाहकारमा समाजसेवी तथा राप्रपाका पुराना नेता बद्री सिलवाललाई मनोनयन गरेको छ । पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले सिलवाललाई पार्टीको विधान बमोजिम केन्द्रीय सल्लाहकार सदस्यमा मनोनयन गरेका हुन् । 

 सिलवालले  पार्टी स्थापनाकालदेखि नै पार्टीलाई विस्तार र विकास गर्न महत्त्वपूर्ण योगदान गर्दै आइरहेका छन् । उनको सो योगदानको कदर गर्दै उनलाई  पार्टीको महत्त्वपूर्ण मानिने सल्लाहकार समितिमा मनोनयन गरिएको राप्रपा सचिवालयले जनाएको छ ।