आइटम सङमा करेजा निकरी


फिल्म रावायणमा समावेश आइटम सङ करेजा निकरी सार्वजनिक गरिएको छ। गीतमा समिर चौरासिया र सोनु कक्करको स्वर, प्रदीप श्रीवास्तवको शब्द रचना र रेवन आरती सिंहको संगीत रहेको छ भने यसको भिडियोमा पल शाह, प्रकाश शाह, कैलाश रावल र निकिता चण्डकको नृत्य छ। निकितालाई निकै ग्ल्यामर लुक्समा देखाइएको गीतको भिडियोमा कोरियोग्राफी विक्रम स्वारले गरेका छन्।

सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा नायिका पूजा शर्माद्वारा निर्मित फिल्ममा पल शाह, पूजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदीप ढकाल, कैलाश रावल, अनिल कुर्मी, रजिता पराजुली, निमा पाण्डे, विशाल पहारी, सुशान्तकुमार श्रेष्ठ, योगेश भण्डारी, प्रेरणा गिरी, सुहान श्रेष्ठलगायतले अभिनय गरेका छन्।

सुशन पाठक कार्यकारी निर्माता रहेको फिल्ममा प्रदीप श्रीवास्तव र राज गौरवको ओरिजिनल हिन्दी स्क्रिप्ट, सुदर्शन थापाको कथा, शिवम अधिकारीको लेखन, डा. कृष्णहरि बराल र प्रदीप श्रीवास्तवको गीत रचना, निरज सिंह र रेवन आरती सिंहको संगीत, नकासा अजिज, कुनाल गान्जावाला र सोनु कक्करको स्वर, रेवन आरती सिंहको ओरिजिनल ब्याकग्राउण्ड स्कोर, विक्रम स्वाँर र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, उमेश चौधरीको कला निर्देशन, सौरभ लामाको छायांकन र मिलन श्रेष्ठको सम्पादन रहेको छ।