एलिना उत्कृष्ट मौलिक तीज गीत गायिका


काठमाडौं ।

छायाँछवि क्रियशनद्वारा मंगलबार राजधानीमा आयोजित ११औँ संस्करणको छाया“छवि तीज म्यूजिक अवार्ड –०८१ मा गायिका एलिना चौहानले गम्की दे मादलु बोलको गीतबाट उत्कृष्ट मौलिक तीज गीत गायिकाको अवार्ड चुमेकी छन्।

तीजसम्बन्धी साँस्कृतिक प्रस्तुतिका साथ सम्पन्न कार्यक्रममा राजेश बर्देवा तीज दोहोरी गीत गायक, अञ्जना सरु तीज दोहोरी गीत गायिका, संजीता खड्का तीज गीत नव–गायिका, शोभा पाण्डे र विन्दु बिसी तीज गीत गायिका, सुमन बैरागी पण्डित तीज गीत शब्द, लोकराज अधिकारी मौलीक तीज गीत शब्द, शुकदेव अधिकारी तीज गीत लय, प्रेम सापकोटा सोनु मौलीक तीज गीत लय, सुरेन्द्र वसेल तीज गीत नृत्य निर्देशक, श्रीजन बराल तीज गीत भीडीयो निर्देशक, स्मारीका ढकाल मौलीक तीज गीत मोडल, राहुल श्रेष्ठ र कविता न्यौपाने तीज गीत मोडल, शीला गजुरेलले जुरी अवार्ड, विनय कार्की क्षेत्री तीज गीत एरेञ्जर, प्रकाश मिश्र तीज गीत ध्वनी मिश्रण, मुकेश हुमागाईं तीज गीत छायाँकार र वीरेन्द्र भाट विपीन तिज गीत भिडीयो सम्पादकको अवार्ड विजयी भए।

कार्यक्रममा मोडल स्व. दिपाशा बिसीको स्मृतिमा यस वर्ष स्थापित छायाँछवि दिपाशा स्मृति पुरस्कार ११ हजार एक सय ११ रुपियाँसहित अञ्जु निरौलालाई प्रदान गरिएको छ। त्यसैगरी मोडल सिम्रन दुलाल कुसुम, पत्रकार वर्षा खनाल, गायिका बबिना भट्टराई र लोक गायिका सञ्जु न्यौपानेलाई छाया“छबि तीज नारी सम्मानबाट सम्मानित गरिएको छ।

कार्यक्रममा गायिका सहिमा श्रेष्ठ र गायिका अञ्जु श्रेष्ठले गायन प्रस्तुति दीएका थिए भने मोडल अश्मिता पुरी र निकीशा श्रेष्ठ एवं सूर्याेदय डान्स स्टुडियोको नृत्य प्रस्तुति रहेको थियो। कार्यक्रम सञ्चारकर्मी दीपज्योति थापाले सञ्चालन गरेकी थिइन्।