तीज गीत अवार्डमा २ गीतको ह्याट्रिक

कुन्ती, लीलावती र पूर्णकलालाई त्रिरत्न नारी सम्मान


काठमाडौं ।

राजधानीमा सोमबार सम्पन्न तेस्रो म्यूजिक खबर तीज म्यूजिक अवार्ड २०८१ मा गायक सूर्य खड्का सीताका माइती बुद्धका देश बोलको गीत र गायिका सुनिता बुढा क्षेत्री पाउँदिन म छोरीबाट उत्कृष्ट गायक गायिका घोषित भए।

कार्यक्रममा सीताका माइती बुद्धका देश र काली पसमकी गीत ह्याट्रिक गर्न सफल भए। सीताका माइती बुद्धका देशविजय पुन उत्कृष्ट मोडल र दुर्गा पौडेल छायांकार तथा काली पसमकीबाट प्रेम सापकोटा सोनु मौलिक तीज गीत गीतकार, नवीन घर्ती मगर भिडियो सम्पादक र स्मारिका ढकालले पपुलर म्यूजिक भिडियो मोडल अवार्ड चुमे।

संगीतकार वीपी वाग्ले, गायिका शोभा पाण्डे र गीतकार डा. शिव सुवेदी निर्णायक रहेको कार्यक्रममा मन परेको मान्छे मौलिक तीज गीत, लै बरिलै लै डायस्पोरा गीत, प्रेम सापकोटा मौलिक शब्द, विशाल क्षेत्री तीज दोहोरी गीत शब्द, निर्मला राना मगर डायस्पोरा गीतकार, भानुभक्त ढकाल तीज दोहोरी गीत संगीत, सरोज कोइराला तीज गीत मौलिक संगीत, शम्भू कुँवर तीज दोहोरी गीत, जानकी तारमी मगर तीज गीत मौलिक गायिका, स्मृति तिमिल्सिना भिडियो निर्देशक, विक्रम चौहान कोरियोग्राफर, नारायणी खत्री तिज गीत भिडियो मोडल, स्मारिका ढकाल पपुलर मोडल, पनाह अधिकारी मल्टिट्यालेन्ट मोडल, रितु तामाङ मोडल जुरी अवार्ड, दिव्यानी वली तीज गीत नवप्रतिभा मोडल, सरिता मगर श्रृंगार, झलक संगीतम् मौलिक तीज गीत संगीत संयोजन, कुमार राना मौलिक तीज गीत मिक्सिङ, कृष्ण लामिछाने तीज दोहोरी गीत मिक्सिङ र कृष्ण केसी तीज दोहोरी गीत संगीत संयोजक विधाको अवार्ड विजेता भए।

विभिन्न २२ विधामा सम्पन्न अवार्ड कार्यक्रम अवार्डका प्रिज्म टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो। अवार्डकी अध्यक्ष सबिता पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री कुमारी अर्यालले गायिकात्रय कुन्ती मोक्तान, लीलावती बुढा र पूर्णकला बिसीलाई आर्टिष्ट अफ नेपाल त्रिरत्न नारी सम्मानबाट सम्मानित गरिन्।

त्यसै गरी गायिकाद्वय कालिका रोका र तृप्ति खड्कालाई आर्टिष्ट अफ नेपाल राष्ट्रिय गायन सम्मान, मोडल टीका जैसीलाई आर्टिष्ट अफ नेपाल राष्ट्रिय कला सम्मान, गीतकार गायत्री थापालाई आर्टिष्ट अफ नेपाल राष्ट्रिय स्रष्टा सम्मान तथा पत्रकारद्वय शारदा थापा र कल्पना रेग्मीलाई आर्टिष्ट अफ नेपाल कला पत्रकारिता सम्मान प्रदान गरिएको थियो।