भिडियोमा तिम्रै नाम जप्न पाउँ


काठमाडौं ।

गीतकार हरिभक्त बुढाथोकीको गीत तिम्रै नाम जप्न पाऔँ सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा टेक विसी र जुनु गौतमको स्वर तथा भीम बिसीको संगीत रहेको छ।

विक्रम चौहानको निर्देशन एवं कोरियोग्राफी रहेको गीतको भिडियोमा टेक विसी र रस्मिता तामाङलाई फिचरिङ गरिएको छ। गीत आफूले माया गरेको प्रेमिलाई समर्पित गरिएको छ। सधैंभरि यसैगरी तिम्रै हुन पाउँ, मरि गए यो जीवन तिम्रै नाम गर्न पाउँ गीतमा भनिएको छ।
प्रकाश खड्का र टिमको छायांकन रहेको भिडियो बि–स्टार फिल्म्स्ले सम्पादन गरेको हो।
तिमीले गाउने गीत मसँगै गाउनु है
तिमीले लाउने प्रित मसँगै लाउनु है
तिमीलाई चोट लाग्दा मलाई पनि दुखेको छ
तिम्रो सामु सबै आँसु पलभरमैं सुकेको छ
यो मनले चाहेको कुरा तिमीभित्रै पाए मैले
तिम्रै भरमा बाँचेको छु
छाडि नजानु है कहिले।
गीतले भन्छ।