जापानिज इन्सेफलाइटिसको संक्रमणबाट दुई जनाको मृत्यु


काठमाडौं ।

कैलालीमा जापानिज इन्सेफलाइटिसको संक्रमणबाट दुई जनाको मृत्यु भएको छ।

मंगलबार संक्रमणबाट घोडाघोडी नगरपालिकाका दुई जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख गौरी जोशीले जानकारी दिइन्।

जोशीकानुसार घोडाघोडी नगरपालिका–५ का ९ वर्षीय बालक र ६ का ६० वर्षीय पुरूषको मृत्यु भएको हो। जिल्लाका थप चार जनामा संक्रमण पुष्टि भएको छ। गौरीगंगा, गोदावरी र धनगढी उपमहानगरपालिकामा गरी थप चार जनामा संक्रमण पुष्टि भएको उनले बताइन्।

गौरीगंगामा छ वर्षीय बालक र ६५ वर्षीय पुरूष, गोदावरीमा ४६ वर्षीय एक महिला र धनगढीमा पाँचमहिने बालकमा संक्रमण पुष्टि भएको जनाइएको छ। गोदावरीका एक जना भने उपचारपछि घर फर्किसकेका छन्।

अन्य संक्रमितको उपचार भइरहेको छ। पोथी जातको क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट जापानिज इन्सेफलाइटिस रोग सर्ने गरेको चिकित्सकले बताएका छन्।