गण्डकी थन्डर्सको लोगो सार्वजनिक 


काठमाडौं ।

एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को फ्रेन्चाइजी टिम गण्डकी थन्डर्सले आफ्नो लोगो सार्वजनिक गरेको छ ।गण्डकीले सोमबार आफ्नो सामाजिक सञ्जालमार्फत अफिसियल लोगो सार्वजनिक गरेको हो । 

गण्डकीले छिटै आफ्नो विदेशी खेलाडी पनि सार्वजनिक गर्ने टिमका निर्देशक विकास खेतानले जानकारी दिए । इडब्लुभिएल आगामी असोज १४ देखि १९ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा हुनेछ । नेपाली राष्ट्रिय टिमकी स्पाइकर सरस्वती चौधरी मार्की प्लेअर रहेको गण्डकीले नेपाली खेलाडीहरुको नाम यसअघि नै सार्वजनिक गरिसकेको छ । 

गण्डकीमा राष्ट्रिय टिमका खेलाडी कविता भट्ट र प्रगति नाथ रहेकी छन् । त्यस्तै, राष्ट्रिय टिमबाट खेलिसकेकी लक्ष्मी चन्द र रिमा कुंवर छन् । टिममा आरती चौधरी स्नेहा ठगुन्ना र सरस्वती जैसी रहेका छन् । इन्र्फिनिटी ड्रिम्सको आयोजनामा पहिलो पटक महिला भलिबलको फ्रेन्चाईज लिग एभरेष्ट वुमन्स भलिबल लिगको पहिलो संस्करणमा ६ टोलीले सहभागिता जनाउनेछन् ।