क्यान्सर भर्साइभर र नेताबीच तीज कार्यक्रम तथा अन्तरक्रिया

2.44k
Shares

काठमाडौं । 

महिलाहरूको महान् चार्ड तीजको अवसरमा नेपाल क्यान्सर अस्पताल एन्ड रिसर्च सेन्टर हरिसिद्धिका अस्पताल निर्देशक स्वरुपा श्रेष्ठले क्यान्सर सर्भाइभरहरुका लागि लक्षित गरी आयोजना गरिएको तीज कार्यक्रममा क्यान्सर विजेताहरूले खुलेर एक आपसमा आफ्ना पिडा साटासाट गरी तीज कार्यक्रम भव्यताका साथ मनाएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा बागमती प्रदेशका सांसद उर्मिला केसीले तीज कार्यक्रम सबै नेपाली महिलाहरूको महान् चाड हो । यसमा पनि क्यान्सर रोग लागेर समाजमा आफू कमजोर अर्थात् पीडित भए भन्ने मानसिकता बोकेर पिडामा रहेका महिला दिदी बहिनीहरूलाई लक्षित गरी क्यान्सर रोग समयमै उपचार गरे निको हुन्छ ।

क्यान्सरको उपचार नेपालमै हुन्छ र क्यान्सर निको हुने रोग हो भन्ने सन्देश बोकेका क्यान्सर विजेताहरूलाई एकै थलोमा भेला गरी तीज कार्यक्रमको आयोजना गरिनु निकै खुसीको कुरा भएको नेता केसीले बताइन्। उनले यस्ता सन्देशमूलक कार्यक्रमले जनसमुदायमा क्यान्सरको पिडा भोगिरहेकालाई राहत पुग्ने बताइन्। 

उनले तीज कार्यक्रम परम्परागत रूपमा धार्मिक बन्धनबाट आज सामाजिक दायित्व र देश तथा महिलाहरूको उत्थानका रूपमा विकास हुँदै गएको छ । यसलाई सकारात्मक रूपमा लिनुपर्छ । तर तीजका नाममा आएका केही विकृतिहरिलाई भने सुधार्नु आवश्यक भएको औँल्याइन्। 

कार्यक्रमका आयोजक स्वरूपमा श्रेष्ठले आफू श्रेष्ठ परिवारमा जन्मिए पनि समाज र समुदायका मानिसहरू यही देशका नागरिक हुन र हरेकले मनाउने चाडपर्वको महत्त्व महत्त्वपूर्ण हुने हुनाले तीजको अवसर पारि आफूले गर्दै आएको कामलाई निरन्तरता सहित कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले क्यान्सर विजेता दिदी, बहिनी, आमा, छोरीहरूलाई एकै थलोमा भेला गरी आ आफ्ना अनुभव साटासाट गर्ने अवसरका रूपमा यो कार्यक्रमको आयोजना गरेको जानकारी गराइन् । उनले आफू सामाजिक सेवामा आफ्नै आमा र श्रीमानबाट प्रेरित भएर सामाजिक, सांस्कृतिक, तथा धार्मिक कार्यक्रममा समेत जुट्दै आएको बताइन् । 

उनले कति क्यान्सर पीडितहरू आर्थिक अभावका कारण उपचार गर्न नपाएर छटपटाइरहेको अवस्थामा आफूले क्यान्सर भर्साइभर गू्रप नामक संस्थानै बनाएर आर्थिक सङ्कलन गरी सहयोग गर्दै आएको समेत जानकारी गराइन्। श्रेष्ठले यो संस्था गठन गरी ४८ वटा क्यान्सर सर्भाइभरहरुका बिच छलफल, अनुभव आदानप्रदान, सांस्कृतिक कार्यक्रमहरू गरिसकेको र यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन् । सोही अवसरमा उहाँकी ममता मयी माताले क्यान्सर सर्भाइभरहरुको उपचारका लागि १० हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिन् । 

क्यान्सर सर्भाइभरहरुले आफ्ना अनुभव साटासाट गर्नुका साथै तीजको गीतमा छमछम नाचेर आफ्ना मनका पिडालाई हलुका भएको महसुस गरेका थिए । पिडामा साथ दिने संस्था क्यान्सर भर्साइभर ग्रुपका अध्यक्षले तीजको कार्यक्रम आयोजना गरी हाम्रो पिडा सुन्ने र हामीलाई खुसी दिने काम गर्नुभएकोमा उहाँलाई आभार प्रकट गर्दछौ भन्दै सामूहिक रूपमा धन्यवाद ज्ञापन गरेका थिए । 

सोही अवसरमा नेता केसीले क्यासरतका बिरामीको पक्षमा आफू सधैँ राजनैतिक दलको तर्फबाट सदनमा लड्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले आफ्नो छोरी पनि विदेशमा क्यान्सरका बिरामीसँग दिनकै परामर्शमा जुट्ने र मलाई पनि ज्ञान दिने एउटा उत्कृष्ट नर्स भएका कारण म सधैँ क्यान्सरका बिरामीको पक्षमा रहेनछु भनिन्।