लायन्स क्लव अफ काठमाडौंले वृद्धवृद्धालाई खुवायो दर र गरायो आँखा जांच

5.08k
Shares

काठमाडौं ।

लायन्स क्लब अफ काठमाडौं, लियो क्लव अफ काठमाडौं मीनभवन तथा लियो क्लव अफ काठमाडौं सिष्ट र जीवनयोग प्रयोगशाला मीनभवनको संयुक्त आयोजनामा स्वास्थ्य शिविरको आयोजना गरिएको छ । सो अवसरमा तीजको दर खुवाउने कार्यक्रम पनि आयोजना गरियाे ।

शंकरापुर नगरपालिका वडा नं.४ स्थित जेपी प्रतिष्ठानमा आयोजित कार्यक्रममा वृद्धवृद्धाहरुको आँखा, डायविटिज र जाँच गरी एवम तीज पर्वको दर खुवाउने कार्यक्रम आयोजना गरिएको लायन्स क्लब अफ काठमाडौं सचिव अपार खड्काले जानकारी दिइन् ।
सो अवसरमा शारीरिक एवं मानसिक रुपमा कमजोर २५ जना वृद्धवृद्धा रहेको उक्त प्रतिष्ठानमा स्थानीय समेत ६८ जनाको आँखा जांच गर्दा चार जनाको मोतियाविन्दु भएको पाइएको उनले बताइन ।

प्रतिष्ठानकी अध्यक्ष सकुन्तला दाहालले शारीरिक एवं मानसिक रुपमा कमजोर वृद्धवृद्धाहरुको उचित रेखदेख गर्न निकै कठिन हुने र उनीहरुको स्वभाव पनि छिटोछिटो परिवर्तन भइरहने, तुरन्तै विर्सने जस्ता समस्या भएकाकाहरुलाई सकरात्मक प्रभाव परेको छ ।

कार्यक्रममा क्लवका अध्यक्ष लायन गोविन्द गौतमले लायन्स क्लव सेवा भावले स्थापना भएको, मानव मात्रको होइन असहाय, अशक्त प्राणीहरुको पनि सेवा गर्दै आएको जानकारी गराए । क्लवका पूर्वअध्यक्ष लायन नरेश खड्काले लायन्स क्लवको वारेमा प्रकाश पार्दै वृद्धवृद्धाहरुको सेवा गर्ने अबसर पाएकोमा गर्व गर्दै लायन्स आँखा अस्पतालले पुर्याउँदै आएको सेवाको वारेमा जानकारी गराएका थिए ।

सोही अवसरमा जीवनयोग प्रयोगशाला मीनभवनका योग प्रशिक्षक दयावती विष्टले सहभागीहरुलाई योग ध्यानको महत्वबारे प्रष्ट पारेका थिए । उनले छोटो प्राणायाम र ध्यानको अभ्यास समेत गराएका थिए । कार्यक्रममा लायन्स क्लव अफ काठमाडौंबाट क्लवका अध्यक्ष गोविन्द गौतम, पूर्वअध्यक्ष लायन नरेश खड्का, प्रथम उपाध्यक्ष लायन केशवलोचन शर्मा, सचिव लायन अपार खड्का, गोल्डेन ड्रिम्स विर्तामोडका चार्टर्ड प्रेसिडेन्ट लायन गंगा श्रेष्ठ र सदस्यद्धय लायन शुशिला गौतम र लायन सावित्री केसीलगायतको सहभागिता थियो ।

त्यसैगरी जीवनयोग प्रयोगशाला मीनभवनका तर्फबाट अध्यक्ष डिआर पोखरेल, योग प्रशिक्षकद्धय दयावती विष्ट र टंक खड्का, कृष्णप्रसाद पन्थीलगायत २१ जनाको सहभागिता रहेको थियो । सहभागीहरुको तर्पmबाट संकलित सेवा वापतको कुल छयालिस हजार पाँच सय मात्र क्लवका उपाध्यक्ष केशव लोचन शर्मा र जीवनयोग प्रयोगशालाका अध्यक्ष पोखरेलले प्रतिष्ठानकी अध्यक्ष दाहाललाई हस्तान्तरण गरेका थिए ।

क्लवकी सचिव लायन खड्काले सहजीकरण गरेको कार्यक्रममा प्रतिष्ठानका संचालक अरुण पौडेलले मादलको तालमा सबै सहभागीहरुलाई भजन तथा दोहोरीद्धारा मनोरन्जन दिलएका थिए ।