इन्फा अवार्डको मनोनयन सूची सार्वजनिक


काठमाडौं ।

यति नेपाली एसोसियसन, युकेको आयोजना तथा संगिक्षा फिल्म्स् इन्टरटेनमेन्ट प्रालिको व्यवस्थापनमा आगामी २९ गते लण्डनमा इन्फा अवार्ड हुने भएको छ।

सो अवार्डको उत्कृष्ट मनोनयन सूचि सार्वजनिक गरिएको छ। अभिनेता सुनिल थापाको संयोजकत्वमा अभिनेत्री गौरी मल्ल तथा निर्माता, निर्देशक एवं अभिनेता उज्ज्वल घिमिरेको निर्णायक समूहले एभेष्ट फिल्म एकेडेमी अवार्डमा सहभागी फिल्म हेरेपश्चात उत्कृष्ट मनोनयन सूचि सार्वजनिक गरिएको हो।

अवार्डअन्तर्गत उत्कृष्ट फिल्म विधामा फर्की फर्की, जारी, गाउँ आएको बाटो दिमाग खराब र प्रसाद २ मनोनयमा परेका छन्। त्यसै गरी निर्देशकमा प्रसाद २ बाट सुदर्शन थापा, दिमाग खराबबाट निश्चल बस्नेत, जारीबाट उपेन्द्र सुब्बा, फर्की फर्कीबाट सुयोग गुरुङ र गाउँ आएको बाटोबाट नविन सुब्बा, अभिनेतामा फर्की फर्कीबाट अनमोल केसी, प्रसाद २ बाट बिपिन कार्की, गाउँ आएको बाटोबाट दयाहाङ राई, पुजार सार्कीबाट प्रदीप खड्का र दिमाग खराबबाट खगेन्द्र लामिछाने, अभिनेत्रीमा गाउ“ आएको बाटोबाट पशुपति राई, जारीबाट मिरुना मगर, प्रसाद २ बाट केकी अधिकारी, परस्त्रीबाट शिल्पा मास्के र फर्की फर्कीबाट जसिता गुरुङ, कथा/पटकथामा दिमाग खराबबाट आकाश बराल, जारीबाट उपेन्द्र सुब्बा र प्रसाद २ बाट शुशिल पौडेल मनोनयमा छन्।

त्यस्तै सम्पादकमा फर्की फर्कीबाट सुरेन्द्र पौडेल, प्रसाद २ बाट मिलन श्रेष्ठ र दिमाग खराबबाट क्वान पुन लेउन, ७ उत्कृष्ट छाया“कारमा जारीबाट शैलेन्द्र डि कार्की, प्रसाद २ बाट राजेश श्रेष्ठ र फर्की फर्कीबाट नरेन्द्र मैनाली, संगीतकारमा नांगो गाउँबाट शुसान्त गौतम, बोक्सीको घरबाट प्रकाश सपुत र जारीबाट कालि प्रसाद बास्कोटा, पाश्र्वगायकमा नांगो गाउँबाट एसडी योगी, जारीबाट कालि प्रसाद बास्कोटा र पुजार सार्कीबाट प्रकाश सपुत, पाश्र्वगायिकामा बोक्सीको घरबाट समिक्षा अधिकारी, नांगो गाउँबाट अञ्जु पन्त र पुजार सार्कीबाट शान्तिश्री परियार, नृत्य निर्देशकमा नांगो गाउँबाट रामजी लामिछाने, पुजार सार्कीबाट शिशिर खत्री र फर्की फर्कीबाट किरण थापा तथा खलपात्रमा प्रसाद २ बाट अर्पण थापा, अगस्त्यबाट प्रमोद अग्रहरी र ऐचौं पैचोेंबाट कोशिश क्षेत्री मनोनयनमा छन्।

अवार्ड समारोहमा लोकप्रिय अभिनेता र अभिनेत्री, जुरी अभिनेता र अभिनेत्री, पर्फमर अफ द एयर तथा लाइफटाइम अचिभमेन्ट अवार्डसमेत प्रदान गरिने अवार्डको नेपाल संयोजक मनिष कार्कीले जानकारी गराए।