सेलिब्रेसन अफ कल्चरमा सुजिना विजयी


काठमाडौं ।

सेलिब्रेटीले मन पराएको लोकप्रिय ब्युटी सलुन फेसियल हाउसले यस वर्षको तीज उत्सव सेलिब्रेसन अफ कल्चर थिममा मनाएको छ।

फेसियल हाउसले राजधानीको त्रिपुरेश्वरस्थित बोगेन भिल्लामा सेलिब्रेसन अफ कल्चर्स एण्ड तीज दर कार्यक्रम आयोजना गरेको हो। समारोेहमा फेसियल हाउस एकेडेमीका ब्युटीसियनमाझ कल्चरल थिम मेकअप प्रतिस्पर्धाका साथमा फेसियल हाउस प्रोफेसनल फेसन शो प्रस्तुति गराइएको थियो।

२२ जना सहभागी कल्चरल थिम मेकअप प्रतिस्पर्धाको ताज सुजिना श्रेष्ठले जितेकी छन् भने निलु तामाङ फस्ट र अर्चना कुमारी यादव सेकेण्ड रनर्सअप भए। प्रतियोगिता आरुषा महर्जनको कोरीयोग्राफीमा सम्पन्न भएको थियो।

विगतका वर्षमाझैं यस वर्ष पनि सांस्कृतिक महत्व झल्काउँदै तीज मनाएको फेसियल हाउसकी प्रवन्ध निर्देशक एवम् सौन्दर्यविद् सुष्मा महराले बताइन्। नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाको प्रमुख आतिथ्यता तथा नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष एवम् नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ, नेकपा एमालेकी नेत्री एवम् पूर्वसांसद शान्ता चौधरी, डा. राज्यश्री श्रेष्ठ, नेपाल ब्युटीसियन संघकी पूर्वअध्यक्ष भगवती खड्काको विशेष आतिथ्यतामा सम्पन्न प्रतियोगितामा अधिवक्ता आकृति रायमाझी, आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनका अध्यक्ष फुपू तेन्जिङ शेर्पा, ब्युटीसियन सशी शाह, पत्रकार उषा लोहनी र गंगा लामा निर्णायक रहेका थिए।