गण्डकीमा एमालेबाट को–को बन्दैछन् मन्त्री ?


पोखरा ।

नेकपा एमाले गण्डकी प्रदेश सरकारमा जाने भएको छ। कांग्रेसका सुरेन्द्रराज पाण्डेको नेतृत्वमा रहेको सरकारमा अहिलेसम्म भागबन्डा नमिल्दा एमाले सरकारमा गएको थिएन। तर अब मुख्यमन्त्री पाण्डेले मन्त्रालय फुटाएर ७ बाट ९ बनाएपछि एमाले अब सरकारमा जाने भएको हो।

एमालेले गण्डकी सरकारमा ४ मन्त्री पठाउने भएको छ। एमालेले नवलपुरकी पद्मा जिसी, बागलुङका कृष्ण पाठक, कास्कीका प्रकाश केसी र पर्वतका मित्रलाल बस्याललाई सरकारमा पठाउँदै छ। आजै एमालेका मन्त्रीहरूले शपथ लिने तयारी गरिएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।