ओलीलाई बालेनको प्रश्न : नाबालिकामाथि घरेलु हिंसा गरेकी प्रदेश सांसदलाई कहिले समाउने ?


काठमाडौँ ।

काठमाडौँ महानगरका मेयर बालेन शाहले एमाले प्रदेश सांसद रेखा शर्माले नाबालिकामाथि घरेलु हिंसा गरेको भन्दै सरकारले कारवाही नगरेको बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै बालेनले एमालेकी प्रदेश सांसद रेखा शर्माले विगत ८ बर्षदेखि कैदी बनाएर एक नाबालिकालाई घरेलु कामदार बनाएर राखेको भन्दै सरकारले पक्राउ नगरेको उल्लेख गरेका छन् । बालेनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई रेखा शर्मालाई कहिले समाउने भन्दै प्रश्न गरेका छन् ।

बालेनले भनेका छन्- 
  
वहाँ  हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा , वहाँ ले बिगत ८ वर्ष देखी बन्दी बनाएर , एक जना नबालिकालाई घरेलु कामदार को नाममा हिंसा गर्दै आउनु भएको छ, दैनिक रूप मा कुटपिट गर्दै आउनु भएको छ । काठमाडौं महानगर ले बिगत २ महिना देखी कारबाही अगाडी बढाउनु भन्दा पनि यो सरकार ले समाएको छैन । अदालतले पनि मुद्दा  चलाउ भनेर भनी सकेको छ ।

सम्माननिय प्रधानमन्त्री खड्ग  प्रसाद ओली ज्यु , सुशासन भनेको अदालतले नि समाउ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण  गरेको मुद्दा छ समाउन लाई भन्दछ ।  सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्यु पछि गोहिको आँसु चुहाएर फेसबुकमा समवेदना  दिदै  एक लाख घोषणा गर्नु नै होला । कहिले समाउने ??  कि नसमाउने ??