काउन्सिल अध्यक्ष बस्नेतले उठाए प्रचण्डलाई प्रश्न


काठमाडौं ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले जनअपेक्षा विपरित माओवादी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अभिव्यक्ति दिएकोप्रति प्रश्न उठाएका छन् ।

दुई ठूला दलको समिकरणले बनेको नयाँ सरकारको प्रचण्डले विरोेध गर्दै आएका छन् । नयाँ सरकारले बंगलादेश र श्रीलंकातिर हेर्नुपर्ने जस्ता प्रतिक्रिया प्रचण्डबाट आएकोतर्फ लक्ष्य गर्दै बस्नेतले आफू नेतृत्वमा हुँदा केही गर्न नसकेको, देश र जनता भुलेको टिप्पणी गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत अध्यक्ष बस्नेतले प्रधानमन्त्री हुँदा केही गर्न नसकेको तर सत्ता बाहिर हुँदा हुन लागेका काम र जनताका आशा रोक्न प्रचण्ड कुर्लिएको भन्दै कडा टिप्पणी गरेका छन् । कवितात्मक शैलीमा उनले भनेका छन्, आफू सर्वेसर्वा हुँदा आफै र परिवारतिर गुलियो, देश र जनता भुलियो भन्दै सञ्जालमा सडकमा पुगेपछि कुर्लिएकोमा गम्भीर प्रश्न उठाइएको छ ।


मिडियाको नियामक निकाय काउन्सिलमा बस्नेतलाई ओली नेतृत्वको अघिल्लो सरकारले अध्यक्ष नियुक्त गरेको हो ।
त्यसपछि माओवादी सरकारमा हुँदा विभिन्न समयमा ४ पटक हटाउन खोज्दा असफल बनेको थियो ।

बस्नेतले सञ्जालमा यस्तो लेखेका छन् :

आफू सर्वेसर्वा हुँदा आफै र परिवारतिर गुलियो देश र जनता भुलियो अब सडकमा हुन लागेका काम रोक्न आशा मेटाउन
फेरी एकपटक कुर्लियो ?