खुसार्नीको धुलो छर्केर लुटपाट

7.71k
Shares

रामेछाप ।

रामेछाप प्रहरी लुटपाट गरेको आरोपमा एक जना पुरुषलाई पक्राउ गरेका छ । रामेछाप प्रहरीका अनुसार लिखुतामाकोसी गाउँपालिका ५ नागदहकी ६० वर्षकी सुन्तली तामाङको एक तोला ८ आनाको सुन लुटपाट भएको हो ।

वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ताको कार्ड नवीकरण गरेर फर्किँदै गर्दा तामाङले कानमा लगाएको सुन लुटपाट भएको हो । गत साउन ३० गते दिउँसो १ः२० मा सोही स्थानमा १९ वर्षका चन्द्र घिसिङले तामाङको आँखामा धुलो खुर्सानी छर्केर लुटपाट गरेको रामेछाप प्रहरीले आइतबार प्रेस विज्ञप्ति जारी गदै जानकारी गराएको छ ।

रामेछापका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक कौशल न्यौपानेले जारी गरेको विज्ञप्ति अनुसार इलाका प्रहरी कार्यालय धोबीले लुटपाट भएको खबर पछि अनुसन्धान सुरु गरिएको थियो । र सोधखोज गर्ने क्रममा उनले लुटपाट गरेका कुरालाई स्विकार गरेको प्रहरी जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनलाई पक्राउ गरी जिल्ला अदालत रामेछापबाट म्याद थप गरी डाँका शीर्षकमा अनुसन्धान भई रहेको उल्लेख छ ।