अस्पतालमा सार्वजनिक विदाको दिन सेवा रोकेको जनगुनासो बढेपछि स्वास्थ्य मन्त्रालयलाई ध्यानाकर्षण

2.07k
Shares

काठमाडाैं ।

कतिपय सरकारी अस्पतालहरुले सार्वजनिक विदाको दिनमा बहिरंग सेवा (ओपिडी) रोक्ने गरेका छन् । तर नियमानुसार कुनै पनि अस्पतालले सार्वजनिक विदाको दिन ओपिडी लगायतका सेवा रोक्न मिल्दैन् ।

अस्पतालहरुले सार्वजनिक विदाको दिन सेवा रोकेको जनगुनासो बढेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवलाई पत्र पठाएर यसबारेमा ध्यानाकर्षण गराएको छ ।

गत ७ भदौमा पठाएको पत्रमा उसले २०८१ सालमा दिईने सार्वजनिक विदाका विषयमा २०८० पुस १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको र त्यससम्वन्धी जानकारी नेपाल राजपत्रको खण्ड ७३ संख्या ५४ भाग ५ को सूचनामा स्पष्टसँग लेखिएको उल्लेख गरेको छ ।

हुन पनि राजपत्रमा उल्लेखित सार्वजनिक विदा सम्वन्धी व्यवस्थालाई गृह मन्त्रालयले गत २९ माघमा सूचना प्रकाशित गरिसकेको थियो । सो सूचनाको प्रकरण १० (सार्वजनिक सेवा प्रवाहसम्वन्धी विशेष व्यवस्था)को उपप्रकरण १०.१ को खण्ड ( न) मा सार्वजनिक विदाका दिनमा सबै प्रकारका अस्पतालबाट प्रवाह हुने स्वास्थ्यसम्वन्धी सेवा (बहिरंग समेत) प्रवाह गर्नुपर्ने व्यवस्था भएको उल्लेख छ ।

राजपत्रमा स्वास्थ्यलाई आकस्मिक सेवा मानेर अरु दिन जस्तै गरी विदाको दिनमा पनि पूर्ण रुपमा ओपिडी समेतका सेवा सञ्चालन गर्नुपर्ने उल्लेख छ । तर अस्पतालहरुले सार्वजनिक विदाको दिनमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई सट्टा विदा दिनु पर्ने उलेख छ ।