एमबिबिएस परीक्षामा रौतहटका दुई विधार्थी नेपालमै पहिलो र दोस्रो

38.35k
Shares

रौतहट ।

शिक्षा, साक्षरतामा देशको ७७औं स्थान अर्थात पुछारमा रहेका जिल्ला रौतहटका दुईजना विधार्थी एमबिबिएसको परीक्षामा नेपालमै क्रमशस् पहिलो र दोस्रो स्थान ल्याउन सफल भएका छन् ।

एमबिबिएस मेडिकलमा अध्ययनका लागि नेपाल सरकारले हालै लिएको छनौट परिक्षामा रौतहटका दुईजना विद्यार्थी पहिलो र दोस्राे स्थान प्राप्त गरेर जिल्लाको सम्मान बढाएका छन् ।

शिक्षा मन्त्रालयद्धारा शुक्रवार प्रकाशित नतिजा अनुसार स्थानीय यमुनामाई गाउँपालिका-१, जेठरहिया चिकना गाँउका विधार्थी अनिषराज प्रजापति देशमै पहिलो स्थान (नेपाल टप ) र माधवनारायण नगरपालिका फुलवरिया गाउँका अर्का विधार्थी मधुसुदन प्रसाद साहले दोस्रो स्थान ल्याउन सफल भएका छन् ।

एमबिबिएस परीक्षामा प्रजापतिले १७८ र साहले १७५।५ अंक ल्याएका छन् । यसअघि गत एसईई परीक्षामा पनि दुर्गा भगवती गाउँपालिकाकी एकजना छात्रा अञ्जली कुमारी झाले ४ जिपिए अंक ल्याएर देशमै उत्कृष्ट बनेकी थिइन् ।