अस्पतालको तीनतला माथिबाट खसेका बिरामीको मृत्यु

6.02k
Shares

काठमाडौं ।

ललितपुर महानगरपालिका वडा नम्बर २८ हरिसिद्धीमा रहेको क्यान्सर अस्पतालको तेस्रो तलाबाट हामफालेर गम्भीर घाइते भएकी बिरामीकाे मृत्यु भएकाे छ ।

अस्पतालको तीन तलाबाट हामफालेर गम्भीर घाइते भएकी बिरामीको उपचारका क्रममा मृत्यु भएको हाे।

काठमाडौं महानगरपालिका वडा नम्बर ८ की ६४ वर्षीया पुनमाया तामाङ अस्पतालको ए ब्लकको तीनतलाबाट भुइँमा हामफालेकी थिइन्।

उनलाई अस्पतालकै आइसियुमा राखेर उपचार गराइएकोमा आइतबार बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ ।