घामका उपासक : सूर्यप्रसाद लाकोजू विमोचित 


काभ्रे। 

 साहित्यकार, पत्रकार तथा संस्कृतिकर्मी सूर्य प्रसाद लाकोजूको कविता कृति मेरो घाम नामक कवितासङ्ग्रहमाथि लेखिएको साहित्यकार भीमप्रसाद काफ्लेको घामका उपासक सूर्यप्रसाद लाकोजू नामक समालोचना कृति प्रकाशनमा आएको छ ।

 सो कृति एक कार्यक्रम बीच वरिष्ठ साहित्यकार तुलसीप्रसाद भट्टराईले लोकार्पण गरेका छन् । उनले सो कार्यक्रममा उमेरमा आफूभन्दा कनिष्ठ तर लेखनमा बलिष्ठ भएकै कारणले यो पुस्तक प्रकाशन भएको बिचार पोखे  ।

 कवि सूर्य लाकोजूको मेरो घामभित्रका कविताहरू हृदयस्पर्शी भएका कारण ती कविताहरूका बारेमा पुस्तक नै लेख्नु सामान्य कुरा नभएको उनले बताए । 

लेखक भीमप्रसाद काफ्लेले मेरो घामले आफूलाई स्पर्श गरेकै कारणले यो पुस्तक तयार भएको प्रतिकृया दिए । 

त्यस्तै टिप्पणीकार तुयुकाजी ताम्राकारले सुन्दर कवितामाथि व्याख्यात्मक समालोचना भएको विचार व्यक्त गरे । कार्यक्रममा कवि सूर्य लाकोजू, कवि विष्णु ओलीलगायतले मन्तव्य दिएका थिए ।