छायाँछवि तीज म्यूजिक अवार्डको मनोनयन सूचि सार्वजनिक


काठमाडौं ।

तीजको परम्परालाई कायम राख्न भन्दै आगामी मंगलबार राजधानीमा एघारौं छायाँछवि तीज म्युजिक अवार्ड –०८१ आयोजना गरिने भएको छ। अवार्डका अध्यक्ष शान्तिप्रियले तीजको अवसरमा संलग्न हुने संगीतकर्मीलाई प्रोत्साहन गर्न यो अवार्डको आयोजना गरिँदै आएको बताए। अवार्डमा तीज गीतका विभिन्न विधामा अवार्ड प्रदान गरिने जानकारी उनले गराए।

अवार्डअन्र्तगत उत्कृष्ट तीज दोहोरी गीत गायिकामा शान्तिश्री परियार, पूर्णकला बिसी, समीक्षा अधिकारी, अञ्जना सरु र सुनीता बुढा क्षेत्री, उत्कृष्ट तीज गीत गायिकाको विधामा शान्तिश्री परियार, कमला पोखरेल, विन्दु बिसी, सरु गौतम र शोभा पाण्डे, मौलिक तीज गीत गायिकामा शान्तिश्री परियार, एलिना चौहान, माधवि अर्याल, रचना रिमाल र रेखा शाह, तीज दोहोरी गीत गायकमा राजेश बर्देवा, शुकदेव अधिकारी, कमल बिसी माल्दाइ, विनय कार्की क्षेत्री र राहुल श्रेष्ठ मनोनयमा परेका छन्।

त्यसैगरी पुरुष मोडलमा शेखर घर्तीमगर, ओवी रायमाझी, राहुल श्रेष्ठ, विनय कार्की क्षेत्री र विमल अधिकारी, महिला मोडलमा जान्हवी बस्नेत, निकिशा श्रेष्ठ, शिला गजुरेल, कविता न्यौपाने र पुनम श्रेष्ठ, मौलिक तीज गीत मोडलमा प्रियंका कार्की, स्मारिका ढकाल, करिश्मा ढकाल, ऋचा थापा र अञ्जली अधिकारी मनोनयनमा परेका छन्।

त्यस्तै, तीज गीत लयमा तारावीर पाण्डे, राकेश सोनि, लोकराज अधिकारी, शुकदेव अधिकारी र लक्ष्मण पोखरेल, मौलिक तीज गीत लयमा सरोज कोइराला, हरि लम्साल, प्रेम सापकोटा सानु, पूर्ण परियार र दीपक शर्मा, तीज गीत नृत्य निर्देशकमा गम्भीर विष्ट, राहुल बराइली, सुरेन्द्र वसेल, राजकिङ वाइवा र विक्रम चौहान, भिडियो निर्देशकमा जेरी भण्डारी, रामजी लामिछाने, श्रीजन बराल, नितिन चन्द र निकेश खड्का मनोनयमा परेका छन्।