क्रियाशील महिला पत्रकारको अध्यक्षमा खड्का


काठमाडौँ ।

क्रियाशील पत्रकार महिला (WWJ) को अध्यक्षमा रामकला खड्का चयन भएकी छन् ।
काठमाडौँमा आज (शनिबार) सम्पन्न डब्लुडब्लुजेको १२औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनबाट खड्काको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

समितिको उपाध्यक्षमा चन्दा विष्ट, महासचिवमा रमिताकुमारी लामा, सचिवमा रुक्मिणी पोखरेल र कोषाध्यक्षमा दिपा आले चयन भएकी छन् । यस्तै विशेष सदस्यमा संगीता लामा तथा सदस्यहरूमा सोनी शर्मा, शोभा मानन्धर, सीता विके, रुपा खड्का, लक्ष्मी बस्नेत र अमिका राजथला चयन भएका छन् ।

एक जना सदस्य पछि मनोनीत गर्ने जनाइएको छ । साधारणसभा तथा अधिवेशनको प्रमुख अतिथि बागमती प्रदेशका सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी छन् । समारोहमा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्का, नेपाल पत्रकार महासङ्घका प्रतिनिधि सृजना अर्याल, वरिष्ठ पत्रकार बबिता बस्नेत, निर्मला शर्मा विमला तुम्खेवा लगायत उपस्थित रहेकाे थियाे ।