आर्सनलले स्टर्लिङलाई लोनमा भित्र्यायो


काठमाडौँ ।

 इङल्याण्डका विंगर रहीम स्टर्लिङलाई प्रिमियर लिग क्लब आर्सनलले लोनमा भित्र्याएको छ । 

खेलाडी ट्रान्सफर विन्डोको अन्तिम समयमा स्टर्लिङलाई आर्सनलले चेल्सीबाट लोनमा भित्र्याएको हो । मिडिया रिपोर्टका अनुसार स्टर्लिङका लागि आर्सनलले उनको पारिश्रमिकको आधा रकम तिर्ने सहमति पछि भित्र्याएको हो । चेल्सीमा उनको पारिश्रमिक करिब ४ लाख डलर प्रति साता रहेको थियो । अब आर्सनलले सो पारिश्रमिकको करिब आधा रकम चेल्सीलाई तिर्ने सहमति भएको बताइएको छ ।

लामो समय म्यानचेस्टर सिटीबाट खेलेका स्टर्लिङले सिटीका लागि ३३९ खेलमा १३१ गोल गरेका छन् भने चेल्सीमा दुई सिजनमा ८१ खेलमा १९ गोल गरेका छन् ।

इङल्याण्डका लागि ८२ खेल खेलेका स्टर्लिङले २० गोल गरेका छन् । उनी २०२२ देखि इङल्याण्डको राष्ट्रिय टिमबाट बाहिर रहेका छन् ।