बुद्धजन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर विमानस्थल चल्ने आधार हुनु पर्ने: मन्त्री पाण्डे

0
Shares

बुटवल ।

संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री बद्रीप्रसाद पाण्डेले शुक्रबार गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् ।

मन्त्री भएपछि पहिलो पटक विमानस्थल आएका मन्त्री पाण्डेले अन्तर्राष्ट्रिय विमानस्थल उडानका लागि सरकारले गरेका पछिल्ला निर्णय र कार्यान्वयनका सम्बन्धमा विमानस्थलको स्थलगत निरीक्षण गरेका हुन् । निरीक्षणपछि सञ्चारकर्मीसंग बोल्दै मन्त्री पाण्डेले सरकारले निकै जिम्मेवारीपूर्वक भैरहवा र पोखरा विमानस्थल सञ्चालनका लागि उत्साहपूर्वक कार्ययोजना बनाएर अगाडि बढेको बताए । उनले विमानस्थल सञ्चालनका लागि सरकारले सेवाशुल्कमा छुट सहित हवाई कम्पनीहरुलाई आर्कषित गराउन खोजिएको बताए ।

उनले गौतमबुद्ध विमानस्थल बुद्धजन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर निर्माण गरिएको बताउँदै यसैलाई अन्तर्राष्ट्रिय यात्रु ल्याउने माध्यम बन्ने बताए । मन्त्री पाण्डेयले भिस्सा अफिस, श्रम लगायतका अत्यावश्यक सेवाहरू भैरहवाबाटै शुरू गर्ने निर्णय गरेको बताए । बुद्वजन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर निर्माण भएको विमानस्थलमा नियिमत उडानका लागि मन्त्रालयका तर्फबाट पहलकदमी भईरहेको बताए । निरीक्षण अघि विमानस्थलको अवस्थाका बारेमा गरिएको बिफ्रिङमा विमानस्थल सञ्चालनका लागि कुनै कसर बाँकि नराख्न निर्देशन दिए ।

उक्त अवसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले आफूहरुका तर्फबट बौद्ध राष्ट्रहरुसँग उडानका लागि पहल गरेको बताए । उनले श्रीलंका, भियतनाम, चिन लगायतका मुलुकका उच्च पदस्थ अधिकारीहरुसँग बुद्धजन्मस्थलमा रहेको विमानस्थलमा उडान भर्न आग्रह गरिएको र सकरात्मक जवाफ आएको बताए ।

मन्त्रालयका सचिव डा.गणेशप्रसाद पाण्डेले गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि वातावरण बन्दै गएको बताउँदै अब यसलाई बुद्धजन्मस्थल आएको अनुभूती दिने गरी सौन्दर्यकरण गर्न सुझाव दिए ।

उक्त अवसरमा गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले अन्तर्राष्ट्रिय उडानका लागि सबै तयारी पूरा भएको बताए । उनले विमानस्थल नेपालको पुर्वमा चितवनदेखि सुदुरपश्चिमसम्मका यात्रुका लागि उपयुक्त ठाउमा रहेकाले यसबाट धेरैले लाभ लिन सक्ने बताए ।

उनका अनुसार सन् २०२२मा ३१ हजार यात्रुले गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट आवतजावत गरेकोमा सन् २०२३ मा ४ हजार र सन् २०२४ को जुलमईसम्म ९२३ जनमले मात्रै उडान भरेका छन् । निरीक्षणमा सिद्वार्थनगरपालिकाका मेयर ईस्तियाक अहमद खाँन, देवदह नगरपालिकाका पूर्व नगरप्रमुख हिरा खत्री, नागरिक उडडयन प्राधिकरणका अधिकारीहरुको उपस्थिति थियो ।

मन्त्री पाण्डे सहितको टोलीले टर्मिनल भवन, टावर, पार्किङ, विशिष्ट कक्ष, धावनमार्गको निरीक्षण गरेका थिए । विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान रोकिएदा निजि क्षेत्रको अर्बौं लगानी जोखिममापरेको छ । यसअघि लुम्बिनी विकास कोषका तर्फबाट उपपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल, पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डेयलाई विमानस्थलमा स्वागत गरेको थियो । कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा, कोषाध्यक्ष ढुण्डिराज भट्टराई(सिद्धिचरण), सदस्य सचिव सानुराजा शाक्य लगायतले स्वागत गरेका हुन् ।