अखिल महिला संघले वक्तृत्वकला गरेर तिज मनाउने 

1.41k
Shares

उदयपुर ।

नेकपा एमाले निकट अखिल नेपाल महिला संघ उदयपुरले तिज पर्वको अवसरमा खुल्ला वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ । 

२०८१ सालको हरितालिका तिजको अवसरमा हरितालिका र तिज पर्वको सांस्कृतिक महत्त्व र मर्यादित संस्कृति सभ्य समाज विषय वक्तृत्वकला प्रतियोगिता गर्ने भएको हो । 

अखिल नेपाल महिला संघले भदौ १८ गते नेकपा एमाले पार्टी कार्यालयमा वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने तय भएको अनेमसंघका अध्यक्ष महेश्वरी राईले जानकारी दिनु भयो । 

अनेमसंघकी अध्यक्ष राईका अनुसार वक्तृत्वकला प्रतियोगितामा सहभागी हुन चाहनेहरुले यही भदौ १७ गते भित्र अनेमसंघको कार्यालयमा वा अध्यक्ष तथा सचिवलाई नाम टिपाउन सक्नेछ छन् । 

विगत वर्षहरूमा दर खाने, नाच्ने र रमाइलो गरेर मनाउने गरिए पनि यस पटक भने रचनात्मक कार्य गरेर तिज विशेष कार्यक्रम गर्न लागिएको अध्यक्ष राईले जानकारी दिनु भयो । 

वक्तृत्वकला प्रतियोगितामा भाग लिन चाहनेहरुले अध्यक्ष महेवरी राईको ९८४२८२८३८१७८  सचिव किशोरी कुमारी हुजदारको ९८६७५३०६००  नम्बरमा सम्पर्क गरेर नाम टिपाउन सकिने जनाइएको छ ।