पलेशा पेरिस पारा ओलम्पिकको क्वार्टफाइनलमा

9.31k
Shares

काठमाडौं ।

नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्धन पेरिस पारा ओलम्पिकको क्वार्टफाइनल प्रवेश गरेकी छन् ।

शुक्रबार भएको के-४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनिको पहिलो चरणको खेलमा पलेशाले भेनेजुएलाकी भलेरिया मोराल्सलाई पिटिजीको आधारमा ३१-० अंकले सहजै पराजित गरेकी हुन् ।

पलेशाले क्वार्टरफाइनलमा आजै ब्राजिलियन खेलाडी सिल्भाना फर्नान्डेसको सामना गर्नेछिन् । उक्त खेल दिउँसो ४ बजेपछि सुरु हुनेछ । छनोट चरण पार गर्दै पारालिम्पिक खेल्ने पलेशा पहिलो नेपाली खेलाडी हुन् ।