थानकोटको सिकाई र गडखेतको कमाइले आत्मनिर्भर बन्दै लालबहादुर दम्पती 

 “तरकारी खेतीबाटै वार्षिक १४ लाख कमाउँछन् ”

2.73k
Shares

बाजुरा। 

  बडिमालिका नगरपालिका वडा नं आठ गडखेत अयडीवाडाका लालबहादुर अयडीको दम्पतीलाई यतिवेला तरकारी बिक्री गर्न भ्याईनभ्याई छ । दुई वर्षअघि स्थानीय धनबहादुर थापाको छ रोपनी जग्गा लिजमा लिई अर्ग्यानिक  तरकारी खेतीमा लागेका अयडी दम्पतीले दर्जनौं जातका तरकारी फलाएर सदरमुकाम मार्तडीवासीलाई  अर्ग्यानिक तरकारीमा आत्मनिर्भर गराउन सफल भएका छन् । विगत सात वर्ष पहिले बाउली खोलामा  ढुङ्गा फोरेर सदरमुकाम मार्तडीका घर विल्डिङ्ग र सडक निर्माण गराए ।  ढुङ्गा गिट्टी फोड्ने कामको चाप बढेपछि छिमेकी गाउँ कोर्धबाट २० जना कामदार ल्याए । अन्तमा ठेकेदारले ज्याला नदिएर भागेपछि लालवहादुरलाई २० लाख रुपैंया ऋण लाग्यो । कुल्लीले छोडेनन् ठेकदारले दिएनन् ,ऋण तिर्न सक्ने क्षमता भएन । वीस लाख रुपैंया ऋण बोकेर मोवायलको फोन स्वीचअफ गरी  लालबहादुरले सात वर्ष अघि घर छोडेको दुखान्त कहानी सुनाउँछन् । 

 कामको खोजीमा भौतारिएका अयडीले काठमाण्डौं थानकोट स्थित  फैतीका हिमाल मल्लको तरकारी फर्ममा काम गरे । पाँच वर्ष सम्म तरकारी खेती र गाईपालनको आम्दानीले बालबालिकाको पठनपाठन र खान लाउन ठिक्कै भएको थियो। काठमाण्डौंको आम्दानीले उनलाई ऋण तिर्न धौधौ भयो । उनलाई एकातिर  घरमा एक्ली बुढीआमाको सम्झनाले सातायो भने अर्को तिर आँगनको खेतवारीमा टन्न तरकारी फलाउन सक्ने सुन्दर सपना पनि  देख्न थाले ।   “ब्यबसायिक तरकारी खेती कसरी गर्ने भन्ने पूरा मेसो पाँच वर्ष सम्म थानकोटको कृषि फर्ममा काम गर्दागर्दै सिकसिकेको थिएँ, ”उनी भन्छन्। 

  अन्ततः उनका दम्पती  पाँच वर्षपछि फेरि आफ्नै थातथलो सदरमुकाम मार्तडी  गडखेत फर्के । थानकोटमा सिकेको सिपलाई सदुपयोग गर्न आफ्नै घरबारीमा अर्ग्यानिक तरकारी खेती गर्नें जर्मको चल्यो उनको भनाई छ  । उनकी श्रीमती विस्ना अयडी र उनी दुबैजना  दिन रात तरकारी खेतीमा खटिए। परम्परागत खेतीलाई विस्थापित गर्दै गोठेमलको प्रयोगबाट  टमाटर काउली, बन्दा, चिचिन्डा, रायो ,लौका  अकवारे खुर्सानी भन्टा लौका घिरौँला काँक्रा   फलाउन थालेपछि आजकाल  मार्तडी बजारका तरकारी ब्यवसायहरु बारीमै पुगेर खरिद गर्ने गरेका छन् ।  दिनमा कम्तीमा चार क्यारेट टमाटर बाह्र सयका दरले बिक्री गर्छु । फर्सिका मुन्टा बाटै गत जेठ देखि हाल सम्म एकलाख रुपैंया कमायौं लालबहादुरकी श्रीमती विष्ना अयडीको भनाई छ । एक वर्षमै १३ लाख रुपैंया कमाउन सफल भए  उनको भनाई छ  । 

 “दुई वर्षमा त १८ लाख रुपैंया ऋण फाइनल गरिदिएँ । छोरी होटेल म्यानेजम्यान्ट  पढ्छन् । छोरा पनि राम्रै पढिरहेका छन् ,उनले खुशी ब्यक्तगरे ।” तरकारी खेतीलाई संस्थागत गर्न  एक वर्ष पछि  लालबहादुर दम्पतीले  हिमाल बहुउद्देश्यीय कृषि तथा पशुपक्षी फर्म दर्ता गरे । हाल १४ वटा पलाष्टिक टनेल छन् । यो वर्ष असार सम्म थप ६रोपनी जग्गा भाडामा लिएर तिस वटा  टनेल  पुु¥याउने लक्ष लालबहादुरको छ। जिल्लामा उत्कृष्ट काम गरेको भन्दै कृषि निर्देशनालय दिपायलबाट एक लाख रुपैंया र  बडिमालिकाबाट पचास हजार रुपैंया बराबरको सहयोग प्राप्त भएको उनले बताए ।

 पछिल्लो समयामा सदरमुकाम मार्तडीबजारमा बाहिर जिल्लाबाट तरकारी आयत बन्द भएको छ । गोठेमल प्रयोग गरी उत्पादन गरेका तरकरी स्वास्थ्यको लागि पनि फाईदा हुने र ताजा खान पाईने हुँदा  बाहिरबाट तरकारी ल्याउन रोकिएको हो, सरोज डिपार्टम्यान्ट तथा अडर सप्लायर्सका सञ्चालक चक्र रोकायाको भनाइ छ । गत महिना मात्र  गडखेत ढम्कनेका स्थानीय कृषकबाट बन्दा काउली खरिद गरी तिन ट्रक तरकारी जिल्लाबाट बाहिर पठाएको छु। गडखेत, रजाली,जिल्ली ढम्कने र जुगाडा लगायतका  कृषकले पछिल्लो समयमा तरकारी खेतीमा जोड दिएका छन् उनले भने  । स्थानीय स्तरमा तरकारी फलाएपछि  बाहिर बाट आउने विसादीजन्य तरकारी ठप्प छ स्थानीय  उपभोक्ता लालीदेवी कार्कीको भनाई छ।

 अथक मेहनतका वाब्जुत उनले घर नजिकैको खेतवारीलाई सदुपयोग गरेर वर्षिक १२ लाख रुपैंया बढिको आम्दानी बटुल्न सफल भएका हुन् ।मालिका माविका विद्यार्थीको दिवाखाजाका लागि दैनिक २७ केजी अर्ग्यानिक तरकारी लालवहादुरबाट खरिद गर्छौं , उनले मासिक २८ हजार रुपैंयाको चेक बुझ्छन्,गिफ्ट बाजुराका कार्यक्रम अधिकृत कृष्ण अधिकारीले भने । जिल्ला भरी दिवाखाजा कार्यक्रम छ ।  बाजुरा जिल्लाभरीका कृषकले स्थानीय उत्पादनलाई बढवा दिए बाहिरबाट  तरकारी, दलहन र खाद्य बस्तु ल्याउनै नपर्ने कार्यक्रम अधिकृत अधिकारीको बुझाई छ ।  
     
 पछिल्लो समयमा स्थानीय बजारमा  अगार्निक  उत्पादन पाइन्छ । किषानले उचित मूल्य पाउनका लागि  कृषि हाटबजार व्यवस्थापन गर्न स्थानीय पालिकाले पहल गर्नुपर्ने हुन्छ उद्योग वाणिज्यसंघ बाजुराका अध्यक्ष देबहादुर रोकायाले बताए ।  

    “हामी बिदेसिन कै लागि लाखैं रुपैंया खर्च गछार्,ैं विदेशमा भने जस्तो काम पनि पाईदैन । विदेशमा दैनिक १८ घण्टा दलिनु भन्दा घरमै वसीवसी  दैनिक ६ घण्टा मात्र काम गर्ने हो भने  गाउँमै लाखैं रुपैंया कमाई हुन्छ । विदेश तिर गोडा तान्नुभन्दा स्वदेशमा हात तान्न सिकौं ।”अगुवा कृषक  लालबहादुरका भनाई  छ।