भक्ति संगीतमा पीर हरिदेउ


काठमाडौं ।

गायक तथा संगीतकार अजित घिमिरेको स्वर तथा संगीतमा पीर हरिदेउ शीर्षकको भक्ति संगीत युट्युबबाट सार्वजनिक गरिएको छ।

भक्ति संगीतको भिडियो काठमाडौंस्थित नागार्जुन नगरपालिकाको आदेश्वर शिव मन्दिरमा छायांकन गरिएको छ। यसको भिडियोको छायांकन, सम्पादन तथा निर्देशन सुवर्णकुमार श्रेष्ठ र रञ्जन कार्कीले संयुक्त रूपमा गरेका छन्।

भक्ति संगीतको रेकर्डिङमा अमेरिका निवासी किशोर सिवाकोटीले सहयोग गरेका छन् भने मिक्सिङ तथा मास्टरिङ किशोर थापाले गरेका छन्।

भक्ति संगीतको संगीत संयोजन संगीतकार शिला बहादुर मोक्तानले गरेका छन्। अमेरिकाबाट वातावरण विज्ञानमा पिएचडी गरेका संगीतकर्मी घिमिरेका कालीको ठुम्का, बाँध मायाले, धिन्तनाक्धिन, लभ मास्टर, जब साथ तिम्रो न्यानोजस्ता गीत आइसकेका छन्।