रचना रिमालको ‘गाजल टिकी’ बजारमा


काठमाडौं ।

सञ्जय कँडेलको शब्द रचना तथा निर्देशनमा तयार पारिएको ‘गाजल टिकी लाउने हो’ तीज गीत रिलिज भएको छ । सुनील राईको सङ्गीत, पुष्कर खत्रीको एरेन्ज रहेको म्युजिक भिडियोलाई यूके निवासी सुमन श्रेष्ठले खिचेका हुन् ।

यूकेमै छायाङ्कन गरिएको यो भिडियोलाई सविना श्रेष्ठले कोरियोग्राफी गरेकी छिन् । अंशु बस्नेतको मेकअप रहेको गाजल टिकी लाउने हो गीतलाई चर्चित गायिका रचना रिमालले आवाज दिएकी हुन् ।

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज यूके (इनास) ले बजारमा ल्याएको ‘गाजल टिकी लाउने हो’ गीतको लिड रोलमा कलाकारहरू सविना श्रेष्ठ, अंशु बस्नेत, मञ्जु शाह, सर्वेन्द्र अधिकारी, पण्डित नीलहरि घिमिरे, रञ्जना केसी, रञ्जु बस्नेत, दुर्गा राना, विष्णु राना आदिको अभिनय रहेको छ ।

नेपाली कला, भाषा, संस्कृतिको प्रवर्द्धनमा स्वदेश तथा विदेशमा बस्ने दिदीबहिनीहरूका लागि हरितालिका तीजलाई लक्षित गर्दै यो सभ्य श्रव्य तथा दृश्य सामग्रीलाई अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज यूकेले व्यवस्थापन गरेको हो ।