प्रहरी अधिकारीहरुले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार


काठमाडौं ।

नेपाल प्रहरीका उच्च अधिकारीहरुले दर्जागत उमेरहदका कारण गरिएको अवकाश रोक्न माग गर्दै दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीश सारङ्गा सुवेदीको इजलासमा प्रारम्भीक सुनुवाइ भएको सो रिटमा कारण देखाउ आदेश भने जारी भएको छ ।

नेपाल प्रहरीका एआईजी श्याम ज्ञवाली, डीआईजीहरु यज्ञविनोद पोखरेल, केदार ढकाल, राजेशनाथ बाँस्तोला र इन्स्पेक्टर नागेन्द्र ठाकुरले रिट दायर गरेका थिए ।

प्रहरी नियमावली–२०७१ अनुसार इन्स्पेक्टर ५२ वर्ष र डीआईजी तथा एआईजी ५६ वर्ष उमेर पूरा भएमा अवकाशमा हुने व्यवस्था रहेको छ । अदालतमा विचारधीन मुद्दाहरू रहेको हुँदा दर्जागत उमेरहका कारण गरिएको अवकाश रोक्न रिट निवेदनमा माग गरिएको थियो ।