प्रमाण भएरनै रबि लामिछानेले नौं घण्टा बयान दिनुपर्‍याे: गगन थापा

7.8k
Shares

काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणमा रवि लामिछानेले नौं घण्टासम्म बयान दिनुपरेको बताएका छन् ।

प्रतिनिधि सभाको विहिबारको बैठकमा बोल्ने क्रममा उनले प्रमाण भएर नै संसदमा संघर्ष गरेर समिति बनाईयो र समितिमा लामिछानेले ९ घण्टासम्म बयान दिएको बताएका छन् ।

उनले भने-केही दिनदेखि संसद्मा केही साथीहरुले प्रमाण खोई रु प्रमाण खोई रु भनेर खोजिराखेको पाएँ । त्यत्रो तथ्य र प्रमाणहरु भएर त होला सम्माननीय सभामुख महोदय, यत्रो संसदमा संघर्ष गरेर समिति बनाईयो ।ु

थापाले समितिमा आफुहरुले प्रमाण दिएको उल्लेख गर्दै टिओआरमा कम्पनिको नाम लेख्न लगाएको बताएका छन् ।

उनले भने-हामीसँग भएका तथ्य र प्रमाणहरु समितिमा पुगेनन होला रु हाम्रा साथीहरुले बोकेर जानुभएको छैन होला रु अनि यसमा ख्याल गर्नुभएन रु ९ मिनेटमा चट् भनेको ठाउँमा ९ घण्टासम्म अस्ति बयान दिनुपर्ने अवस्था त्यही तथ्य र प्रमाण भएको कारणले आएको होईन होला रु’

आफूलाई सहकारी ठगीबारे गठित संसदीय समितिमाथि आफूलाई पूरा विश्वास भएको बताउदै थापाले समितिले प्रमाणका आधारमा निर्णय गर्नेमा आफु विश्वस्त रहेको बताए ।

उनले भने-‘बरु, साथीहरु झुक्किनुभयो कि जस्तै लागेको छ मलाई, बयान हो बयान, फैसला त आउनै बाँकी छ । त्यसैले म त फैसला कुरेर बसिरहेको छु । तथ्य र प्रमाणको आधारमा फैसला आउँछ भनेर कुरेर बसिरहेको छु ।’